बकैया गाउँपालिकाको आफ्नै भवनबाट सेवा सुरु

Published on

काठमाडौं । पूर्वी मकवानपुरको बकैया गाउँपालिका कार्यालयको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । बकैया गाउँपालिका वडा ३ स्थित हात्तीसुढेमा गाउँपालिकाको कार्यालय परिसरमै चार तले भव्य भवन निर्माण गरिएको हो ।  यसअघि बकैया गाउँपालिकाको कार्यालय ट्रष्टको भवनमा रहेकोमा नवनिर्मित भवनबाट गाउँपालिकाले सेवा सुरु गरेको छ । प्रमुख प्रशासकीय अधिकृतलाई आवासीय सुविधासहितको सो भवन बैठक कक्ष, पार्किङलगायतका सुविधा रहेका छन् । 

गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले नयाँ भवन बनेसँगै पर्याप्त कोठा रहेकोले सेवा प्रवाहमा सहजता हुने जानकारी दिनुभयो । उहाँले कार्यालयमा सीमित कार्यकक्ष भएकोले समस्या हुँदै आएको भन्दै अब सभाहलसहितको भवन बनेकाले पालिकाका कार्यक्रमहरु असहज रुपमा गर्नुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।  सङ्घीय सरकारको ६० प्रतिशत र पालिकाको ४० प्रतिशत बजेटमा नवनिर्मित भवनमा अध्यक्ष र उपाध्यक्षको कार्यकक्षसहितको २८ वटा कोठा, सभा हल दुई वटा, सेवाग्राही कक्ष, भान्छाकोठा, स्टोर कक्ष, शौचालयलगायतका संरचना रहेका छन् ।

गाउँपालिकासँग भवन २०८१ असार १५ गते निर्माण सम्पन्न गर्ने गरी २०७९ साल जेठ ३१ गते सम्झौता भएकोमा सो अवधिमा पुरा नभएपछि म्याद थप गरिएकोमा गत भदौ ३१ गते निर्माण सम्पन्नभएको थियो ।  भवन निर्माण सम्झौता मूल्य अभिवृद्धिकरसहित सात करोड ८२ लाख ५० हजार ७७० रुपियाँमा भएकोमा भवनको काम बढेसँगै लागत बढेर मूल्य अभिवृद्धिकरसहित सात करोड ९५ लाख ६७ हजार ९१७ रुपियाँ निर्माण कम्पनीलाई भुक्तानी गर्नुपर्ने भएको गाउँपालिकाले जनाएको छ । नव–निर्मित भवनमा लिफ्टको संरचना राख्ने गरी बनाइएपनि हालसम्म लिफ्ट जडान गरिएको छैन । गोरखापत्र

spot_img

ताजा समाचार

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो...

बूढीगण्डकीमा भीषण बाढी : पाँच गोठाला सम्पर्कविहीन, जलविद्युत् आयोजनाको निर्माणस्थल बगायो

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको...

आजदेखि बडादसैँ सुरु, बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत

काठमाडौँ, असोज २५ । नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ।...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका...