सामुदायिक वनमा महिला नेतृत्व सफल

Published on

काठमाडौं । रुपन्देहीमा महिलाले नेतृत्व गरेको एक मात्र सामुदायिक वन जिल्लाकै नमुना बन्दै गएको छ । रुपन्देहीको कञ्चन गाउँपालिका–५, पिपरीचापामा रहेको पिपरीचापा महिला सामुदायिक वन उपभोक्ता समूह जिल्लाकै नमुना बन्न सफल भएको छ । वनको १८ औँ साधारण सभाको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख वन अधिकृत प्रवीण बिडारीले महिलाले नेतृत्व गरेको यो सामुदायिक वनमा चोरीनिकासीको समस्या नरहेको बताउँदै यो सामुदायिक वनले जिल्लामै आफूलाई उदाहरणीय वनका रूपमा प्रस्तुत गर्न सफल भएको बताउनुभयो । 

कञ्चन गाउँपालिका–५, का वडाध्यक्ष कुलप्रसाद पौडेलले स्थानीय महिलाको सक्रियतामा संरक्षण गरी गठन गरिएको पिपरीचापा महिला सामुदायिक वन उपभोक्ता समूहले वनको समृद्धि र संरक्षणमा प्रभावकारी कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । महिलाले संरक्षण गरेको वनबाट हुने आम्दानीले महिलाले वनको संरक्षणसँगै बचत सङ्कलन गरी गाउँका महिलालाई आवश्यक पर्दा ऋणसमेत प्रदान गर्दै आइएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ रुपन्देहीकी अध्यक्ष सुमित्रा आचार्यले महिलाले नेतृत्व गरेको वनले पारदर्शी भएर काम गरेको बताउँदै वन संरक्षणमा उल्लेखनीय योगदान पुगेको बताउनुभयो ।  गोरखापत्र  

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...