गृहमन्त्री अर्यालले गर्नुभयो सीमा नाकाको निरीक्षण

Published on

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले कैलालीस्थित नेपाल–भारत त्रिनगर–गौरीफन्टा सीमा नाकाको निरीक्षण गर्नुभएको छ ।  मङ्गलबार धनगढीमा हुने प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधनका लागि आज धनगढी आइपुग्नुभएको उहाँले सीमा नाका पुगेर अनुगमन गर्नुभएको हो । अर्यालसँगै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका सहसचिव, उपसचिवसहित सीमा नाकामा पुग्नुभएको हो । 

प्रदेशको सुरक्षाको वस्तुगत अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा आगामी निर्वाचनको सम्बन्धमा प्रदेश सरकारको तर्फबाट प्रतिवेदन पेस गर्न भोलि धनगढीमा सुरक्षा गोष्ठी आयोजना गरिदैँछ ।  गोष्ठीका लागि आज गृहसचिव रामेश्वर दङ्गाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नेपाली सेनाको बलाधिकृत रथी प्रदीपजङ्ग केसी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीसमेत धनगढी पुग्ने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

स्वास्थ्य बीमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ...

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।...

त्रिवेणी गाउँपालिकाले ८५ प्रतिशतसम्म अनुदानमा कृषि कार्यक्रम गर्ने

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ...