कोलिय गणराज्यको राजधानी उत्खननमा प्राचीन संरचना भेटियाे

Published on

काठमाडौं । पश्चिम नवलपरासीस्थित सम्भावित प्राचीन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) मा भइरहेको पुरातात्विक उत्खनन कार्यले प्राचीन सहरका भग्नावशेष र पूर्वाधारहरू भेट्टाउन थालेपछि उत्साह छाएको छ । सम्भावित कोलिय गणराज्यको राजधानी उत्खननमा प्राचीन संरचना भेट्टाउन थालेपछि सबैमा उत्साह छाएको हो । उत्खनन कार्यमा पुरातत्व विभाग प्रतिनिधीसहित त्रिभुवन विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका ४० जना स्नातकोत्तर तहका विद्यार्थी समेत सहभागी छन् ।

पुरातत्वविद् भास्कर ज्ञवालीको नेतृत्वमा गत कार्तिक २४ गतेदेखि उत्खनन टोलीले काम गरिरहेको छ । विगत वर्षहरूमा गरिएको भूभौतिक सर्वेक्षणको प्रतिवेदनका आधारमा गरिएको उत्खननमा प्राचीन इनार र इनार नजिकैका भवनका पूर्वाधारहरू फेला परेका छन् । उत्खननकर्ताहरूका अनुसार भेटिएका बस्तीको पर्खाल र इँट कुषाणकालको हुन सक्ने अनुमान छ। सबैभन्दा महत्त्वपूर्ण तथ्य, उत्खनन टोलीले यहाँ भेटिएका सामग्रीहरूको कार्बन डेटिङ (समय परीक्षण) गर्दा ती वस्तुहरू ईसा पूर्व ६०० वर्ष पुराना रहेको पुष्टि भएको छ । यसले उक्त स्थान कोलिय गणराज्यको राजधानी भएको तथ्यलाई थप बल पुर्‍याएको छ । पुरातत्वविद्हरूको अनुमानमा यो प्राचीन राजधानी क्षेत्र करिब ३६०० वर्गमिटर मा फैलिएको छ। पुरातत्व टोलीका सहयोगी नारद यादवका अनुसार कार्बन डेटिङले बुद्ध जन्मनु पूर्वकालका सामग्री देखाएको छ । यसले कोलिय गणराज्यको राजधानी भएको पुष्टि गर्छ ।

कोलनगर क्षेत्र भगवान गौतम बुद्धलाई जन्म दिने आमा महामाया, पालनपोषण गर्ने प्रजापति गौतमी, र बुद्धत्व प्राप्तिका लागि सहज सहयोग गर्ने पत्नी यशोधराको जन्मस्थल भएकाले यो संसारभरका बौद्धमार्गीहरूका लागि एक अत्यन्तै महत्त्वपूर्ण धार्मिक स्थल हो । कोलिय राजाहरूले स्थापना गरेको रामग्राम स्तुपालाई अहिलेसम्म मौलिक स्तुप को रूपमा बचाई राख्नमा कोलियहरूको ठुलो योगदान रहेको मानिन्छ। यसको खोज तथा प्रचारप्रसारले यस क्षेत्रको धार्मिक पर्यटनलाई ठुलो टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...