भासिएको कमला पुलको निर्माण सुरु

Published on

काठमाडौं । हुलाकी सडकअन्तर्गत धनुषा र सिराहा जोड्ने कमला नदीमा भासिएको पुलको पुननिर्माणको काम सुरु गरिएको छ । पुल निर्माणको जिम्मेवारी लिएको लुम्बिनी बिल्डर्सका सञ्चालक विष्णुप्रसाद शर्माले असार अगावै पुल सञ्चालनमा ल्याउने गरी काम सुरु गरिएको बताउनुभयो । २०६८ मा तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनले ठेक्का पाएको थियो । पटकपटक म्याद थपेर करिब १० वर्षपछि ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएर उद्घाटनको तयारी गरिरहेकै बेला २०७८ असार आएको बाढीले पुल भासिएपछि निर्माणको काम तत्काल अनिश्चित बनेको थियो । 

पुल निर्माणमा ढिलाइसुस्ती गरेपछि निर्माण कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’लाई हटाएर ‘लुम्बिनी बिल्डर्स’लाई काम सम्पन्न गर्ने जिम्मेवारी दिइएको थियो । लुम्बिनी बिल्डर्सले छ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०८० माघ २ गतेबाट पुनर्निमाणको काम सुरु गरेको भए पनि सम्पन्न हुन सकेको छैन । पप्पु कन्ट्रक्सनले अलपत्र पारेपछि लुम्बिनी बिल्डर्सले काम गर्दै आएको कुल ४६९ मिटर लम्बाइको यो पुलको हालसम्म ८३ प्रतिशत भौतिक प्रगति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले गत शनिबार स्थलगत निरीक्षणपछि निर्माण पक्षका ठेकेदारलाई पुलको अधुरो काम तत्काल अघि बढाउन निर्देशन भएको थियो । त्यस अवसरमा उहाँले अब नियमित अनुगमन, सहजीकरण र आवश्यक सहयोग गर्दै कामलाई समयमै सम्पन्न गराउने प्रतिबद्धता गर्नुभएको थियो । 

पुल निर्माण कार्य सम्पन्न नहुँदा स्थानीयवासी आक्रोशित बनेका छन् । पुल निर्माणको माग गर्दै केही महिनाअघि सिराहा र धनुषाका स्थानीय तथा जनप्रतिनिधिले मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि धर्नामा बसेका थिए । तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहले चाँडै पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । सिराहालगायत पूर्वी क्षेत्रलाई मधेश प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीको राष्ट्रिय गौरवको आयोजना हो । यस लोकमार्ग अन्तर्गत कमला पुल समयमा नबन्दा वर्षौँदेखि स्थानीय सास्ती खेप्न बाध्य छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...