भासिएको कमला पुलको निर्माण सुरु

Published on

काठमाडौं । हुलाकी सडकअन्तर्गत धनुषा र सिराहा जोड्ने कमला नदीमा भासिएको पुलको पुननिर्माणको काम सुरु गरिएको छ । पुल निर्माणको जिम्मेवारी लिएको लुम्बिनी बिल्डर्सका सञ्चालक विष्णुप्रसाद शर्माले असार अगावै पुल सञ्चालनमा ल्याउने गरी काम सुरु गरिएको बताउनुभयो । २०६८ मा तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनले ठेक्का पाएको थियो । पटकपटक म्याद थपेर करिब १० वर्षपछि ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएर उद्घाटनको तयारी गरिरहेकै बेला २०७८ असार आएको बाढीले पुल भासिएपछि निर्माणको काम तत्काल अनिश्चित बनेको थियो । 

पुल निर्माणमा ढिलाइसुस्ती गरेपछि निर्माण कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’लाई हटाएर ‘लुम्बिनी बिल्डर्स’लाई काम सम्पन्न गर्ने जिम्मेवारी दिइएको थियो । लुम्बिनी बिल्डर्सले छ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०८० माघ २ गतेबाट पुनर्निमाणको काम सुरु गरेको भए पनि सम्पन्न हुन सकेको छैन । पप्पु कन्ट्रक्सनले अलपत्र पारेपछि लुम्बिनी बिल्डर्सले काम गर्दै आएको कुल ४६९ मिटर लम्बाइको यो पुलको हालसम्म ८३ प्रतिशत भौतिक प्रगति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले गत शनिबार स्थलगत निरीक्षणपछि निर्माण पक्षका ठेकेदारलाई पुलको अधुरो काम तत्काल अघि बढाउन निर्देशन भएको थियो । त्यस अवसरमा उहाँले अब नियमित अनुगमन, सहजीकरण र आवश्यक सहयोग गर्दै कामलाई समयमै सम्पन्न गराउने प्रतिबद्धता गर्नुभएको थियो । 

पुल निर्माण कार्य सम्पन्न नहुँदा स्थानीयवासी आक्रोशित बनेका छन् । पुल निर्माणको माग गर्दै केही महिनाअघि सिराहा र धनुषाका स्थानीय तथा जनप्रतिनिधिले मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि धर्नामा बसेका थिए । तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहले चाँडै पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । सिराहालगायत पूर्वी क्षेत्रलाई मधेश प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीको राष्ट्रिय गौरवको आयोजना हो । यस लोकमार्ग अन्तर्गत कमला पुल समयमा नबन्दा वर्षौँदेखि स्थानीय सास्ती खेप्न बाध्य छन् । गोरखापत्र

spot_img

ताजा समाचार

आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौँ । बडादसैँअन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण...

रास्वपा सभापति रवि लामिछाने तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

काठमाडौँ । चीनको तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको...

कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म, कर्मचारीले सवारी चलाए चालकको सेवासुविधा दिइने

काठमाडौँ – सरकारी गाडीको खरिद, इन्धन, मर्मत र चालकको तलबमा हुने खर्च घटाउने उद्देश्यले सरकारले...