भारतद्वारा श्रीलङ्कालाई सहायता पठाउन पाकिस्तानी उडानलाई हवाई क्षेत्र प्रयोग गर्ने स्वीकृति

Published on

काठमाडौं । नयाँ दिल्लीले आफ्नो हवाई क्षेत्र प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेको पाकिस्तानी मिडियामा प्रसारित दावीलाई अस्वीकार गर्दै चक्रवात प्रभावित श्रीलङ्कामा राहत सामग्री बोकेको पाकिस्तानको सहायता उडानलाई द्रुत स्वीकृति दिएको बताएको छ । पाकिस्तानले सोमबार भारतीय हवाई क्षेत्रमा उडान गर्न एक दिनको अनुमति माग्दै दिउँसो एक बजे अनुरोध पेश गरेको जनाउँदै श्रीलङ्कालाई मानवीय सहायता प्रदान गर्ने असाधारण तथा द्रुत गतिमा अनुरोध बमोजिम स्वीकृति दिएको अधिकारीहरूले पुष्टि गरेका छन् । अनुमति आधिकारिकरूपमा सोमबार ५:३० बजे (आईएसटी) आधिकारिक च्यानलमार्फत पाकिस्तान सरकारलाई सूचित गरी न्यूनतम चार घण्टाको सूचना अवधिभित्र निकासी प्रशोधन गरिएको उनीहरूले जनाएका छन् । अधिकारीहरूले पाकिस्तानले भारतीय एयरलाइन्सलाई आफ्नो हवाई क्षेत्र प्रयोगमा प्रतिबन्ध कायम राखेको बावजुद पनि विशुद्ध मानवीयताको आधारमा स्वीकृति दिएको बताएका छन् ।  

भारतले सहायता उडानका लागि “हवाई क्षेत्र प्रयोग गर्न दिन अस्वीकार गरेको” दाबी गर्ने केही पाकिस्तानी मिडिया रिपोर्टपछि भारतको यस्तो प्रतिक्रिया आएको हो । अधिकारीले आरोप “आधारहीन र भ्रामक” रहेको जनाएका छन् । हाल श्रीलङ्कामा चक्रवात दिटवाहको कारण ठुलो बाढी आउँदा राजधानी कोलम्बोका केही भागमा कम्तीमा ३३४ जनाको मृत्यु भएको पुष्टि भएको छ । भारतले चक्रवात दिटवाहको आपतकालीन प्रतिक्रियाको एक हिस्साको रूपमा “अपरेसन सागर बान्धु” अन्तर्गत श्रीलङ्कामा ५३ टन राहत सामग्री पठाएको जनाइएको छ । भारतले कोलम्बोमा उद्धार कार्यमा सहयोग गर्न दुई भारतीय जहाजबाट ९.५ टन आपतकालीन राशन  टेन्ट, तिरपाल, कम्बल, तयारी खाद्य पदार्थ, औषधि र चिकित्सा उपकरण, पठाएको जनाएको छ । 

यसैबिच मेडिकल टोली र राष्ट्रिय विपद प्रतिक्रिया बल (एनडीआरएफ) को ८० व्यक्तिको विशेष शहरी खोजी र उद्धार (युएसएआर) टोलीसहित थप ३१.५ टन राहत सामग्री एयरलिफ्ट गर्न भारतीय वायुसेनाका तीन विमान तैनाथ गरिएको जनाइएको छ । नयाँ दिल्लीले भारतीय नौसेनाको जहाज सुकन्या (ट्रिन्कोमालीमा)मा थप १२ टन राहत आपूर्ति पठाएकोसमेत गरी कुल ५३ टन खाद्यान्न पुर्‍याएको जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

मादी नदी किनारमा बेवारिसे शव

काठमाडौं । तनहुँको व्यास नगरपालिका –५, माथिल्लो पाटनस्थित मादी नदीको किनारमा एक महिलाकोे बेवारिसे...

प्रभावकारी छैन बेरुजु लेखाङ्कन, थन्किए महालेखाका प्रतिवेदन

काठमाडौं । गत २३ र २४ भदौको ‘जेनजी’ प्रदर्शन र विकसित राजनीतिक घटनाक्रमसँगै संसद्...

कुष्ठरोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान

काठमाडौं । नेपाल कुष्ठरोग निवारण सङ्घको ५३ औँ केन्द्रीय सभाको अवसरमा कुष्ठरोगबाट प्रभावित ज्येष्ठ...

एमाले महाधिवेशन : उम्मेदवारी दर्ता साढे ३ बजेसम्म

काठमाडौं । नेकपा (एमाले) को जारी ११ औं महाधिवेशनमा उम्मेद्वारहरुले फारम भर्ने क्रम जारी...