भारतबाट नेपाल आउँदै गर्दा अवैध रकमसहित युवक पक्राउ

Published on

काठमाडौं । प्रहरीले विराटनगर–१७ मा स्रोत नखुलेको ठूलो रकमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। मटेरुवा टोलबाट पक्राउ परेका व्यक्ति विराटनगर–१८ का रवि साह रहेको प्रहरीले जनाएको छ। साहको साथबाट ६ लाख ४९ हजार ५ सय रुपैयाँ बरामद गरिएको छ। को २ प ७९८४ नम्बरको मोटरसाइकलमा भारततर्फबाट नेपाल प्रवेश गर्दै गर्दा सुरक्षाकर्मीले चेकजाँच गर्ने क्रममा उक्त रकम फेला परेको हो। रकमको स्रोत खुल्न नसकेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

घटनाबारे अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको टोलीले बुधबार राति साहलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइरहेको छ।

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...