काठमाडौं । काठमाडौँ महानगरपालिका–२९ स्थित रुद्रमति पुल नजिक धोबी खोलामा साइकलसहित एक व्यक्तिको शव फेला परेको छ। जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आज बिहान खोलामा डुबेको अवस्थामा शव भेटिएको हो। पहिचान अनुसार मृतक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ का स्थायी बासिन्दा ललित गिरी रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी टोली पुगेको र आवश्यक अनुसन्धान अघि बढाइरहेको बताइएको छ।

