तीन स्थानमा आकासे पुल बन्दै

Published on

काठमाडौं । धनुषाको जनकपुर–ढल्केबर छ लेन सडकखण्डको तीन स्थानमा धमाधम आकासे पुल निर्माण भइरहेको छ । पैदल यात्रुको बढ्दो चाप, सडक जाम र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक डिभिजन कार्यालय मुजेलियाले करिब १० करोड ५० लाख रुपियाँको लागतमा तीन वटा आकासे पुल निर्माण थालेको हो । सडक डिभिजन कार्यालय जनकपुरधामका इन्जिनियर उज्जवले लक्ष्मीनिया बजार, छिरेश्वरनाथ नगरपालिकास्थित महिला विकास चोक र सखुवा चोकमा आकाशे पुल निर्माण तीव्र गतिमा भइरहेको बताउनुभयो । पिल्लरदेखि आवश्यक पूर्वाधार निर्माणको काम एक महिनाअघिदेखि भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,  “सडक जाम र दुर्घटना जोखिम बढ्दै गएपछि यस स्थानमा आकासे पुलको आवश्यकता देखिएको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्म तीन वटै पुल निर्माण सम्पन्न गर्ने योजना छ ।”

उहाँले निर्धारित समयसीमाभित्र निर्माण सम्पन्न हुने दाबी पनि गर्नुभयो । उहाँका अनुसार तीन वटै पुल फरक फरक लागतमा निर्माण भइरहेका छन् । लक्ष्मीनिया बजारमा तीन करोड ४२ लाख रुपियाँ, महिला विकास चोकमा तीन करोड ३५ लाख रुपियाँ र सखुवा चोकमा तीन करोड ४५ लाख रुपियाँको लागतमा आकाशे पुल बन्ने छ । प्राविधिक डिजाइन अनुसार निर्माणाधीन सबै पुल ५.६ मिटर उचाइ, २९.४ मिटर लम्बाइ र ३ मिटर चौडाइका हुने छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले पूर्वपश्चिम राजमार्ग भएर मधेश प्रदेशको राजधानी जनकपुरधाम प्रवेश गर्ने सो सडकमा आकासे पुल निर्माण भएपछि सवारी दुर्घटनामा कमी आउने र ट्राफिक व्यवस्थापनमा सहज हुने अपेक्षा व्यक्त गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

सप्तरीमा समानुपातिकतर्फ १६ हजारभन्दा बढी मत बदर

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम...

महिलालाई लेखन कार्यमा सक्रिय हुन आह्वान

काठमाडौं । प्रवासी भूमिमा नेपाली भाषा र साहित्यको क्षेत्रमा क्रियाशील महिलालाई लेखन कार्यमा उत्प्रेरित...

राष्ट्रिय लिग : एनआरटी र लालीगुराँसको बराबरी

काठमाडौं । न्युरोड टिम (एनआरटी) र लालीगुराँस एसोसिएसनले एन्फा राष्ट्रिय लिग फुटबलमा बराबरी खेल्दै...

यस वर्ष मलखादको अभाव हुँदैन : कृषिमन्त्री डा. परियार

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव...