अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा प्रभातफेरी

Published on

काठमाडौं । ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा पोखरामा प्रभातफेरी गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराको अगुवाइमा प्रभातफेरी गरिएको हो । पोखराको मानव अधिकारचोकबाट सुरु भएको प्रभातफेरी चिप्लेढुङ्गा, न्युरोड, सभागृह चोक हुँदै पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको थियो । प्रभातफेरीमा मानवअधिकारकर्मी, पत्रकार, निजामती कर्मचारी, सुरक्षा निकाय, विभिन्न मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाका प्रतिनिधि  लगायतको सहभागिता थियो । 

प्रभातफेरी सहभागी भएकाहरुले मानव अधिकारको संरक्षण गर, सुशासन कायम गर, सुशासन नै विकासको कडी हो, भ्रष्टाचार अन्त्य गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रभातफेरीपछि आयोजित सभामा बोल्दै उच्च अदालत पोखरामा मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दले मानव अधिकारको संरक्षण, सम्वर्धन र प्रवर्धनमा सबै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले अधिकारको कुरा गर्दा कर्तव्य पनि सँगै आउने हुनाले अधिकार र कर्तव्य सँगसँगै भएको बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयका प्रमुख नीतु गर्तौलाको अध्यक्षतामा भएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

साइँलाको ‘क्यानभासमा हिमाल’ चित्रकला प्रदर्शनी

काठमाडौं । चित्रकार भीम सुब्बा तामाङ (बाबु साइँला) ले गृह जिल्ला लमजुङमा एकल चित्रकला...

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी  वृद्धि भएको छ । सुन तोलामा...

नेत्रलाल स्मृति भवन समुदायलाई हस्तान्तरण तयारीमा

काठमाडौं । घोराही उपमहानगरपालिका–१७, गुलरियास्थित सहिद स्मारक पार्क तथा सांस्कृतिक सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको...

अण्डाको लागत मूल्य बढ्यो

काठमाडौं । अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि...