साढे चार लाखको टिमुरसहित एक पक्राउ

Published on

काठमाडौं । अवैधरुपमा ओसारपसार गर्दै गरेको चार क्विन्टल ६२ किलोग्राम जडिबुटि टिमुरसहित एक जना पक्राउ परेका छन् । बाँसगढी नगरपालिका वडा-१ चेपाङदेखि टिमुर पक्राउ गरिएको हो ।  बाजुराबाट नेपालगञ्ज तर्फ लैजाँदै गरेको अवस्थामा सु प प्र ०१-००१ क २१७४ नम्बरको ट्रकलाई चेकजाँच गर्दा १८ ओटा बोरामा राखिएको टिमुर फेला परेको हो । 

ट्रक चालक शुक्लाभाफाँटा नगरपालिका वडा २ बस्ने ४३ वर्षीया तेजबहादुर जागरीलाई प्रहरीले पक्राउ गरेको छ । नियन्त्रणमा लिइएको टिमुर आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा बुझाइएको छ । टिमुर कुनैपनि अनुमति नलिइ ओसारपसार गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक प्रकाश सिंह कार्कीले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...