भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते

Published on

काठमाडौं । उत्तरी भारतको एक्सप्रेस वेमा मङ्गलबार बाक्लो कुहिरोको बिचमा सात वटा बस एक अर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्हुवाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली-आगरा एक्सप्रेस वेमा बसकोे ठक्करको कारणले उनीहरुको ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ । घाइतेलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेकको बताइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...