श्रीलङ्कामा चक्रवातपछि अधिकांश विद्यालय सुचारु

Published on

काठमाडौं । श्रीलङ्कामा विनासकारी चक्रवात “दितवा” का कारण बन्द भएका अधिकांश सरकारी तथा निजी विद्यालय मङ्गलबारदेखि पुनः खोलेको एक वरिष्ठ अधिकारीले बताउनु भएको छ । शिक्षा मन्त्रालयका सचिव नालाका कालुवेवाका अनुसार दश हजार ७६ वटा प्रभावित विद्यालय मध्ये नौ हजार ९२९ विद्यालय पुनः खोलिएको छ भने तीन प्रान्तका १४७ विद्यालय आपतकालीन अवस्थाका कारण अझै बन्द रहेका छन् । वन्द विद्यालय उवा, मध्य र उत्तर पश्चिमी प्रान्तमा छन्, जुन चक्रवातका कारण सबैभन्दा बढी प्रभावित भएका थिए ।

विपद प्रभावित क्षेत्रका विद्यार्थीलाई सहयोग गर्न श्रीलङ्का यातायात बोर्ड र श्रीलङ्का रेलवे विभागले बाँकी वर्षका लागि विद्यालय स्थरका विद्यार्थीलाई निः शुल्क यातायात सेवा प्रदान गर्ने जनाएको छ । यसैबिच शिक्षा मन्त्रालयले सन् २०२५ को शैक्षिक वर्षका लागि कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि तेस्रो अवधिको परीक्षामा रोक लगाएको छ । यस अघि श्रीलङ्कामा विद्यालयको दोस्रो चरण डिसेम्बर-८ देखि सुरु हुने तय गरिएको थियो । तर, शिक्षा मन्त्रालयले विनासकारी चक्रवातले निम्त्याएको विपत्तिको कारण विद्यालय तोकिएको समयमा खोल्न नसकिएको जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...