ज्वालामुखीको राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिपुरासुन्दरी माविलाई

Published on

काठमाडौं । ज्वालामुखी गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि त्रिपुरासुन्दरी माध्यमिक विद्यालयले हात पारेको छ । ज्वालामुखी–५, खरीस्थित उक्त विद्यालयले १२ स्वर्ण, पाँच रजत तथा तीन कास्य पदक जित्दै समग्र विजेता बनेको हो । प्रतियोगितामा सुनखानी माध्यमिक विद्यालयले १० स्वर्ण, सात रजत र ११ कास्य पदकसहित दोस्रो स्थान हासिल गरेको छ भने अन्नपूर्ण माध्यमिक विद्यालयले छ स्वर्ण, सात रजत र आठ कास्य पदकसहित तेस्रो स्थान प्राप्त गरेको छ । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाभित्रका १२ वटा विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।

ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको अध्यक्षतामा सम्पन्न समापन समारोहमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो।  सो अवसरमा मन्त्री अधिकारीले खेलकुदले अनुशासन, सहकार्य र नेतृत्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नु भयो ।  यस्ता प्रतियोगिताले ग्रामीण तहमा रहेका प्रतिभा पहिचान र उजागर गर्न सहयोग पुग्ने मन्त्री अधिकारीले बताउनु भयो । उहाँले आफ्नो जन्मभूमिप्रति उत्तरदायी हुँदै आधुनिक नेपाल निर्माणका लागि युवा पुस्तासँग सहकार्य गर्न प्रतिबद्ध रहेको धारणा समेत व्यक्त गर्नु भयो । समारोहमा गाउँपालिका अध्यक्ष दनैले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्न महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी रूपमा प्रतियोगिता सञ्चालन गरिने प्रतिबद्धता जनाउनु भयो । गोरखापत्र

spot_img

ताजा समाचार

एनपीएलको तेस्रो संस्करणमा पहिलोपटक डीआरएस प्रयोग हुने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस)...

आज महानवमी पर्व, नवदुर्गाको पूजा आराधना गरिँदै

काठमाडौं - बडादसैँअन्तर्गत आज महानवमी पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । यस अवसरमा...

ओमानलाई १० रनले हराउँदै नेपाल विजयी

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम...

शीर्ष ६ मा उक्लिन नेपालले आज ओमानलाई हराउनैपर्ने

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम...