मनलाई स्वस्थ र सन्तुलित राख्न लन्डनमा ध्यान शिविर

Published on

काठमाडौं । दोस्रो विश्व ध्यान दिवसको अवसरमा आइतबार लन्डनस्थित नेपाली दूतावासमा ध्यान शिविर आयोजना गरिएको छ। जीवन विज्ञान युकेसँगको सहकार्यमा दूतावासद्वारा आयोजित ध्यान शिविर सञ्चालन गर्दै  जीवन विज्ञान युकेकी प्रशिक्षक सरिता शर्माले मन र चित्तलाई शान्त पार्दै आफूतर्फ फर्कने अभ्यासलाई  ध्यान भनिन्छ भन्नु भयो। उहाँले भन्नु भयो, ‘‘दैनिक जीवनको भागदौडमा हाम्रो चित्त बाहिरतिर गइरहेको हुन्छ। शरीर, मन, भावना र चेतनालाई एक ठाउँमा नल्याउँदासम्म हामी शान्त हुन सक्दैनौं।  आफूभित्र स्व–केन्द्रमा फर्केर मात्र खुसी, शान्ति, आनन्द र तृप्तिको अनुभूति गर्न सक्छौं ।’’ प्रशिक्षक शर्माले कामदार पठाउने मुलुकको रूपमा नेपालको पहिचान बनी रहेको बेला एलपी भानु शर्मा र रमेश नेपालको नेतृत्वमा  जीवन विज्ञानको माध्यमबाट विश्वलाई योग र  ध्यानको खजाना दिन सक्ने मुलुकको रूपमा नेपालको पहिचान बनाउने  काम भइरहेको बताउनु भयो। 

 उहाँले जीवन विज्ञान युकेद्वारा हरेक दिन बिहान भर्चुएल माध्यमबाट सञ्चालन भइरहेको योग, प्राणायाम र ध्यान कक्षामा जोडिएर लाभान्वित हुन सबैलाई आग्रह गर्नु भयो।   उहाँले उक्त कक्षा निःशुल्क रहेको जानकारी पनि दिनु भयो। ध्यान सत्रलाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले तन र मनलाई स्वस्थ र सन्तुलित राख्न र जीवनको अर्थ खोज्न योग र ध्यान अत्यावश्यक भएको बताउनु भयो। उहाँले २१ डिसेम्बरका दिन  विश्व ध्यान दिवस घोषणा गर्न प्रस्ताव गर्ने मुलुकहरूमध्ये नेपाल पनि एक रहेको स्मरण गर्दै नेपालले योग र ध्यानको माध्यमबाट विश्वलाई नै योगदान दिन सक्ने बताउनु भयो।  उहाँले भन्नुभयो, ‘‘दूतावासमा हामीहरू समयको चापका बिच काम गरिरहेका हुन्छौं।  त्यसैले शरीर र मन दुवै लाई सन्तुलनमा राख्नका लागि उपयोगी  ध्यानका  विधिहरू  सिक्न हामी लालायित छौं ।’’   उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गर्न दूतावास तत्पर रहेको बताउनु भयो। 

कार्यक्रममा प्रशिक्षक सरिता शर्माले जीवन विज्ञानको अवधारणा र जीवन विज्ञान युकेले गरिरहेका कामहरूबारे जानकारी गराउँदै नृत्य गर्दै, हाँस्दै, रमाउँदै  स्वजागरण ध्यान विधि (नृत्य, नमस्कार प्राणायाम, हास्य प्राणायाम, बीज प्राणायाम र  ध्यान)  गराउनु भएको थियो। जीवन विज्ञान युकेका ट्रस्टिहरू प्रेम खड्का, तुलसी पौडेललगायत टाढा टाढाबाट आउनु भएका साधकहरू पनि ध्यान सत्रमा सहभागी हुनु भएको थियो। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...