मस्कोमा कार बम विस्फोटमा रूसी वरिष्ठ जनरलको मृत्यु

Published on

काठमाडौं । मस्कोको दक्षिणी भागमा सोमबार एक वरिष्ठ रूसी जनरलको कारमा राखिएको बम विस्फोट हुँदा उहाँको मृत्यु भएको छ । रूसी प्रमुख अपराध अनुसन्धान समितिले जनरल लाइटनेनन्ट फानिल सरवारोभको हत्या सम्बन्धमा अनुसन्धान सुरु गरेको जनाएको छ । सरवारोभ रूसी सेनाको प्रधान स्टाफको प्रशिक्षण विभागका प्रमुख थिए र सेनाको रणनीति तथा प्रशिक्षण कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए । अनुसन्धान कर्ताले आक्रमण युक्रेनी विशेष सेनासँग सम्बन्धित हुन सक्ने सम्भावनालाई पनि जाँचको भाग बनाएको बताएका छन् ।

फेब्रुअरी सन् २०२२ मा मास्कोले युक्रेनमा सेना पठाएपछि युक्रेनमा रूसी सैन्य अधिकारी र प्रोक्रीमलिन समर्थकलाई लक्षित गरेर भएका धेरै आक्रमणमा कीएभलाई दोष लगाइएको छ । यसै क्रममा मास्को नजिक अप्रिल सन् २०२३ मा जनरल यारोस्लाव मोस्कालिक कार बममा मारिएका थिए । सेन्ट पिटर्सबर्गमा अप्रिल सन् २०२३ मा एक मूर्तिमा विस्फोट हुँदा सैन्य ब्लगर म्याक्सिम फोमिनको मृत्यु भएको थियो । त्यस्तै, मे सन् २०२१ मा अल्ट्रानेशनलिस्ट विचारक अलेक्ज्याण्डर दुगिनकी छोरी डारिया दुगिन कार बम विस्फोटमा मारिएकी थिइन् । यस घटनाले रूसमा सुरक्षा चुनौती र उच्च अधिकारीलाई लक्षित गर्ने खतरा अझ बढेको देखाउँछ । 

अनुसन्धान कर्ताले घटनास्थलको अवलोकन गरिसकेका छन् र विस्फोटमा प्रयोग भएका बमका अवशेषको विश्लेषण गरिरहेका छन् । साथै, यस आक्रमणका सम्भावित दोषी पत्ता लगाउन व्यापक अनुसन्धान जारी छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...