पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

Published on

काठमाडौं । जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्थास्थिर रहेको दरबारका अधिकारीहरूले बताएका छन् । यसैबिच, उहाँको ९२ औँ जन्मदिन मङ्गलबार शान्त वातावरणमा मनाइएको छ । यस वर्षको सुरुमा देखिएको स्वास्थ्य चिन्तापछि उहाँको अवस्था हाल नियन्त्रणमा रहेको इम्पेरियल हाउसहोल्ड एजेन्सीले जनाएको छ । सम्राट नारुहितोका पिता अकिहितोलाई मे महिनामा मुटुको मांसपेशीमा पर्याप्त मात्रामा रगत प्रवाह नहुने समस्या देखिएको थियो । तर जुलाईदेखि नयाँ औषधि सुरु गरिएपछि उहाँको स्वास्थ्य अवस्था स्थिर रहँदै आएको एजेन्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उमेरका बाबजुद पनि उहाँ अझै सक्रिय जीवनशैलीमा रहनुभएको छ । विशेष गरी गोबी माछामाथिको वैज्ञानिक अनुसन्धानमा उहाँको रुचि कायमै रहेको छ । यस क्षेत्रमा उहाँले अहिलेसम्म १० नयाँ प्रजाति पहिचान गरिसक्नुभएको छ । एजेन्सीका अनुसार उहाँ हप्तामा दुई पटक दरबार परिसरभित्र रहेको जीवविज्ञान प्रयोगशालामा जानुहुन्छ । सन् २०१९ मा गद्दी त्याग गरेपछि ‘सम्राट एमेरिटस’ को उपाधि धारण गर्नु भएका अकिहितोले आफ्नो जन्मदिन परिवारसँगै मनाउने र जापानी प्रधानमन्त्री साने तकाइचीसहितका विशिष्ट पाहुनाहरूलाई स्वागत गर्ने कार्यक्रम रहेको बताइएको छ । जापानको युद्धकालीन इतिहासप्रति संवेदनशील दृष्टिकोण राख्नुभएका अकिहितोले दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सवको अवसरमा यस वर्ष बारम्बार युद्धका पीडित र कठिन समय भोगेका जीवित साक्षीहरूका लागि प्रार्थना गर्नुभएको थियो । 

उहाँले विगतका पीडालाई स्मरण गर्दै शान्तिको सन्देश दिनुभएको छ । पूर्वसम्राट अकिहितो र महारानी एमेरिटा मिचिकोले ८० वर्षअघिको युद्धसँग सम्बन्धित चार प्रमुख मिति ओकिनावाको युद्धको अन्त्य, हिरोसिमा र नागासाकीमा भएको आणविक बम विस्फोट तथा जापानको आत्मसमर्पणको दिनमा केहीबेर मौन धारण गर्नु भएको थियो । उहाँले आफ्ना पिता सम्राट हिरोहितोको नाममा लडिएको युद्धलाई कहिल्यै भुल्न नहुने धारणा पनि व्यक्त गर्नु भएको छ । अगस्ट महिनामा अकिहितो र उहाँकी पत्नी मिचिको मध्य जापानको करुइजावा रिसोर्ट पुग्नुभएको थियो । यही स्थानमा युद्धका बेला उहाँ बालक अवस्थामै अस्थायीरूपमा बसाइँ सर्नु परेको थियो र पछि यहीँ दम्पतीबिच प्रेम सम्बन्ध सुरु भएको स्मरणीय इतिहास पनि जोडिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...