थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी : रक्षा मन्त्रालय

Published on

काठमाडौं । थाई सैन्य बलले मङ्गलबार सम्म कम्बोडियाका धेरै क्षेत्रमा गोलाबारी र ट्याङ्क-माउन्टेड मेसिन गनको प्रयोग गरी आक्रमण जारी राखेको कम्बोडियाको रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले मङ्गलबार बताउनु भएको  छ ।  थाइल्यान्डसँगको सीमा द्वन्द्व १७ औँ दिनमा प्रवेश गरेसँगै कम्बोडियामा मृत्यु हुने नागरिकको सङ्ख्या २१ पुगेको उहाँले बताउनु भएको छ । “थाई सेनाले कम्बोडियाका नागरिक बस्ने स्थानमा आक्रमण गरेको उल्लेख गर्दै उहाँले आक्रमणमा एक शिशु सहित २१ नागरिकको मृत्यु हुनुका साथै अन्य ८३ जना घाइते भएको पत्रकारसँगको सक्षतकारमा जाउनु भएको छ ।  

कम्बोडिया-थाइल्यान्ड सीमा द्वन्द्व डिसेम्बर-७ देखि पुनः सुरु भएको छ, भने दुवै पक्षले एक-अर्कालाई युद्ध विरामको बावजुत आक्रमण सुरु गरेको आरोप लगाएका छन् । कम्बोडियाको आन्तरिक मन्त्रालयले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार द्वन्द्वले अहिले सम्म करिब पाँच लाख ४५ हजार कम्बोडियनलाई सुरक्षित आश्रयका लागि आफ्नो वासस्थान छोडी भाग्न बाध्य पारेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...