नेपाली सेनाले पदयात्रा र दौड प्रतियोगिता गर्ने

Published on

काठमाडौं । नेपाली सेनाले राष्ट्रि एकता दिवस तथा ३०४ औं पृथ्वी जयन्तीको अवसरमा पदयात्रा तथा दौड प्रतियोगिता गर्ने भएको छ । सेनाले सुनसरीको विजयपुरगढी देखी धनकुटाको साँगरीगढी दोेड प्रतियोगिता तथा पत्रदयात्रा गर्न लागेको हो । सेनाले पुस २७ गतेदेखि ३० गतेसम्म पदयात्रा र दौड प्रतियोगिता गर्न लागेको हो । पदयात्रा सुनसरीको ऐतिहासिक स्थल विजयपुरगढी देखी सुरुभई धराको फुस्रे हुँदै धनकुटाको साँगुरीगढी, बेलहरा उत्तरपानी हुँदै पाख्रिबासमा गएर समापन हुने छ । धनकुटाको ऐतिहासिक तथा सांस्कृतिक सम्पदा संरक्षण गर्दै प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको भीमदल गण सल्लेरी धनकुटाका गणपती गणेश थापाले जानकरी दिनुभयो ।

नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी, २ नम्बर बाहिनी हिलेको संयोजनमा धनकुटाको भीमदल गण सल्लेरी तथा सुनसरीस्थित भगवती दल गणले विजयपुरगढी–साँगुरीगढी दौड र पदयात्रा कार्यक्रमको आयोजना गर्न लागेको हो । पदयात्राले ऐतिहासिक रुपमा रहेको विजयपुरगढी, साँगुरीगढी र पाख्रीबास क्षेत्रको पहिचान, संरक्षण तथा प्रवद्र्धनका साथै राष्ट्रिय एकता र देशभक्तिको सन्देश फैलाउने उदेश्यले कायक्रम तय भएको गणपति थापाले बताउनुभयो । दौड प्रतियोगिता खुल्ला महिला र पुरुषतर्फ १० किलोमिट र १६ वर्ष उमेर समूहका विद्यार्थीहरु लागि ५ किलोमिटर आयोजना गरेको नेपाली सेनाले जनाएको छ । प्रतियोगितामा खुल्ला पुरुष र महिलातर्फ प्रथम, द्वितिय र तृतीय हुनेलाई क्रमश : २५०००, १५००० र १०००० हजार रहेको छ । यस्तै ५ किलोमिटर विद्यार्थी महिलातर्फ प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश : १२०००, ८००० र ५००० रुपियाँ पुरस्कार रहेको सेनाले जानकारी दिएको छ । 

कार्यक्रम धरान उपमहानगरपालिका, धनकुटा नगरपालिका, पाख्रीबास नगरपालिका, साँगुरीगढी गाउँपालिका, होटल एसोसिएसन भेडेटार, उद्योग वाणिज्य संघ सुनसरी र स्काई वाका भेडेटारको सहयोगमा पदयात्रा र दौड हुन लागेको हो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...