लुम्बिनी लायन्सको ट्रफी रेसुङ्गामा

Published on

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को विजेता लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली टोली गुल्मीको रेसुङ्गामा आइपुगेको छ । बाँकेको बाँगेश्वरी मन्दिरबाट सुरु भएको र्‍याली शनिबार साँझ यहाँ आइपुगेको हो । गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय क्षेत्र रेसुङ्गाको यज्ञशालामा ट्रफी प्रदर्शन गरिएको हो । ट्रफी प्रदर्शन कार्यक्रममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने लुम्बिनी लायन्सको एनपिएल ट्रफी प्राप्त गर्न सफल टोलीलाई सम्मान गरिएको छ । 

रेसुङ्गा माध्यमिक विद्यालयका विद्यार्थीको बाजागाजा टोलीसहित नगरपालिकाले रेसुङ्गा क्षेत्रमै पुगेर स्वागतसंगै सम्मान गरेको हो । ट्रफी सहितको लुम्बिनी लायन्स टोलीमा गुल्मेली खेलाडी बलर तिलकराज भण्डारी पनि सहभागी हुनुहुन्थ्यो । रेसुङ्गा नगरपालिकाले वैशाख २५ गते नगर स्थापना दिवसको अवसरमा खेलाडी भण्डारीलाई नगद २५ हजार रुपियाँसहित सम्मान गर्ने भएको छ ।

तिलकराज भण्डारीले गुल्मी जिल्लासंग जोडिएर क्रिकेट खेल्न पाउनु गर्वको कुरा भएको बताउनुभयो। लुम्बिनी लायन्सले सदरमुकाम तम्घास हुँदै रिडी निस्किएर पाल्पाको यात्रा तय गर्ने भएको बताइएको छ। रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले खेलप्रति आकर्षण र खेलाडीको सम्मानका लागि समग्र खेलकुदको विकासलाई अगाडि बढाइएको बताउनुभयो। पवित्र धार्मिक भूमि रेसुङ्गा यज्ञशालामा ट्रफी प्रदर्शन गर्ने मौका दिएकोमा लुम्बिनी लायन्सलाई धन्यवाद दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...