साहित्यकार कँडेललाई लेखनाथ पुरस्कार

Published on

काठमाडौं । साहित्यकार घनश्याम कँडेललाई यस वर्षको लेखनाथ साहित्य पुरस्कार प्रदान गरिएको छ । कविशिरोमणि लेखनाथ पौड्यालको स्मृतिमा स्थापित र सञ्चालित यो पुरस्कारको राशी एक लाख रुपियाँ र सम्मानपत्र छ । मङ्गलबार आयोजित कविशिरोमणि पौडेलको एकसय ४२ औं जन्मजयन्तीको अवसरमा उहाँको जन्मस्थल अर्घाैअर्चलेमा आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले सम्मान गर्नुभयो । विसं २०७३ मा खण्डकाव्य धृतराष्ट्रका लागि मदन पुरस्कार पाउनुभएका कँडेलका दर्जनभन्दा बढी कृति प्रकाशित छन् । 

सोही समारोहमा कुन्तिदेवी साहित्य पुरस्कार साहित्यकार गङ्गा कर्माचार्य पौडेल र लेखनाथ सांस्कृतिक पुरस्कार साहित्यकार नवराज अधिकारीलाई सम्मान गरियो । दुवै पुरस्कारको राशी नगद २५ हजार रुपियाँ छ । कवि शिरोमणी जन्मस्थल विकास समिति, लेखनाथ साहित्य प्रतिष्ठानलगायतका संस्थाको आयोजनामा मङ्गलबार अर्घाअर्चलेमा पौड्यालको जन्म जयन्ती मनाइएको छ । पोखरा महानगरपालिका वडा २७ मा कविशिरोमणि पौड्यालको जन्मस्थललाई सङ्ग्रहालयका रुपमा विकास गरिएको छ । यहाँ कविको घरलाई मर्मतसम्भार गरी चिटिक्क पारिएको छ भने सँगै अर्काे सङ्ग्रहालय भवन बनेको छ । लेखनाथ जन्मस्थल विकास समितिका कार्यवाहक अध्यक्ष गोपीराज पौडेल पछिल्लो समय यहाँ आउने पर्यटक बढेकोमा खुसी हुनुहुन्छ । 

विसं १९४१ मा जन्म भई २०२२ मा परलोक हुनुभएका कविशिरोमणि पौड्याल आधुनिक नेपाली काव्यका शिखर पुरुष हुुनुहुन्छ । २००८ असार २९ गते उहाँलाई कविशिरोमणिको उपाधि प्रदान गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले प्रतिष्ठानको अग्रसरतामा लेखनाथको घर छाउनेदेखि विभिन्न काम भएको स्मरण गर्नुभयो । अर्घाैअर्चलेमा गत वर्ष पोखरा महानगरको आर्थिक सहयोग र नेपाली सेनाको श्रमदानमा पूर्ण कदको शालिक बनेको छ । यहाँको विकासका लागि गुरुयोजना बनिसकेको छ । “सङ्ग्रहालयसहित वरिपरि व्यवस्थित बनाउन बाँकी छ” प्रतिष्ठानका अध्यक्ष ढकाल भन्नुहुन्छ, “कवि–लेखक यहाँ आउने, यही बसेर सिर्जना गर्ने अवस्था बनाउन सिर्जना ग्राम बनाउने योजना छ ।”फुटकर कवितादेखि महाकाव्यसम्म, नाटकदेखि अनुवादसम्म कलम चलाउनुभएका कविशिरोमणिको योगदानको उचित मूल्याङ्कन अझै हुन नसकेको साहित्यकार तीर्थ श्रेष्ठ बताउनुहुन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

सप्तरीमा समानुपातिकतर्फ १६ हजारभन्दा बढी मत बदर

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम...

महिलालाई लेखन कार्यमा सक्रिय हुन आह्वान

काठमाडौं । प्रवासी भूमिमा नेपाली भाषा र साहित्यको क्षेत्रमा क्रियाशील महिलालाई लेखन कार्यमा उत्प्रेरित...

राष्ट्रिय लिग : एनआरटी र लालीगुराँसको बराबरी

काठमाडौं । न्युरोड टिम (एनआरटी) र लालीगुराँस एसोसिएसनले एन्फा राष्ट्रिय लिग फुटबलमा बराबरी खेल्दै...

यस वर्ष मलखादको अभाव हुँदैन : कृषिमन्त्री डा. परियार

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव...