एनभिए कप : नेपाल पुलिस अपराजित रहँदै सेमिफाइनलमा

Published on

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब अपराजित रहँदै नवौँ एनभिए कप च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा पुलिसले मधेस प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले २५–३, २५–८, २५–९ को नतिजा निकालेको हो ।पुलिस समूह ‘बी’ मा अपराजित रह्यो । पुलिसले यसअघि सुदूरपश्चिम प्रदेशलाई ३–० र विभागीय टोली एपीएफ क्लबलाई ३–२ को सेटमा हराएको थियो। पुलिस समूह विजेता र एपिएफ समूह उपविजेताको रुपमा अन्तिम चारमा पुगेको छ । यस मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश बाहिरीएका छन्।

यस्तै, बुधबार नै भएको समूह ‘ए’ को अर्को खेलमा एभरेष्ट भलिबल क्बलले चुली युवा क्बललाई ३–० को सोझो सेटमा हरायो । एभरेष्टले २५–१४, २५–५, २५–११ को नतिजा निकालेको हो ।यस समूहबाट त्रिभुवन आर्मी क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब सेमिफाइनलमा पुगेका छन् । बुधबारको खेलसँगै महिलातर्फको सेमिफाइनल सेमिकरण पूरा भएको छ । सेमिफाइनलमा पुलिसले आर्मी र एपिएफले न्यु डायमन्डसँग प्रतिस्पर्धा गर्नेछ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...