बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

Published on

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२६ को मेसम्म थप तीन सयभन्दा बढी सैनिक बाहिरिने तयारीमा छन् । लेबनानका लागि संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बलका प्रवक्ता क्यान्डिस आर्डेलले यो प्रक्रिया संयुक्त राष्ट्रसङ्घव्यापी बजेट कटौतीका कारण भएको स्पष्ट पार्दै मिसन समयभन्दा अगावै समाप्त हुन लागेको  बताउनुभयो । उहाँका अनुसार सन् २०२५ को अगस्टमा पारित सुरक्षा परिषदको प्रस्ताव २७९० ले मिसनको कार्यकाल सन् २०२६ डिसेम्बर ३१ सम्म विस्तार गरेको छ र त्यसपछि क्रमिकरूपमा सैनिक फिर्ताको व्यवस्था गरेको छ ।

हाल दक्षिणी लेबनानमा करिब ५० देशबाट आएका १० हजार पाँच सयभन्दा बढी शान्ति सैनिक तैनाथ छन् । पछिल्लो एक वर्षमा लेबनानी सेनाले लितानी नदीको दक्षिण क्षेत्रमा रहेका अवैध हतियार भण्डारण केन्द्र तथा सम्बन्धित संरचना गरी तीन सय ७० वटा नष्ट गरेको जनाइएको छ । यस कार्यमा संयुक्त राष्ट्रसंघीय मिसनले सहयोग पुर्याएको छ । आर्डेलका अनुसार सुरक्षा परिषद्को प्रस्ताव १७०१ कार्यान्वयनमा मुख्य चुनौती लेबनानभित्र जारी इजरायली सैन्य गतिविधि रहेको छ । यद्यपि नोभेम्बर सन् २०२४ मा लेबनान र इजरायलबिच उक्त प्रस्ताव कार्यान्वयनप्रति सहमति भएको भए पनि इजरायली स्थल तथा हवाई कारबाहीले स्थायित्वमा बाधा पुर्याइरहेको उहाँले बताउनुभयो ।

दक्षिणी लेबनानमा दीर्घकालीन स्थायित्व कायम गर्न लेबनानी सेनाको सुदृढीकरण अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले थप सहयोग र तालिम आवश्यक रहेको धारणा राख्नुभयो । साथै, उक्साहटपूर्ण अभिव्यक्तिले क्षेत्रीय तनाव अझ चर्किने चेतावनी पनि दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...