अल शबाब विरुद्ध मध्य क्षेत्रको अपरेसनमा २९ जना लडाकु मारिएको सोमाली सेनाको दावी

Published on

काठमाडौं । सोमालियाको सेनाले देशको मध्य क्षेत्रमा अल शबाब विरुद्ध  सैन्य कारबाहीका क्रममा २९ जना अल शबाब लडाकु मारिएको दावी गरेको छ । विज्ञप्ति जारी गर्दै सोमाली सेनाले राजधानी मोगादिशुको दक्षिण-पूर्वमा रहेको मध्य शाबेल क्षेत्रको जुबाद गुद्नी क्षेत्रमा आतङ्कवादी स्थानलाई लक्षित गरी अपरेसन सरु गरेको बताएको छ ।

अपरेसनमा मारिनेमा वरिष्ठ कमाण्डर र प्रमुख अपरेटिभसमेत रहेको सेनाले जनाएको छ । पछिल्लो हप्तादेखि चलिरहेको अभियानको एक हिस्साको रूपमा अन्तर्राष्ट्रिय साझेदारसँग समन्वयमा अपरेसन गरिएको विज्ञप्तिमा भनिएको छ । सेनाले व्यापक अभियानले अलनाली र हावडलेका क्षेत्र पनि समेटेको उल्लेख गर्दै लगभग १३५ अल शबाब लडाकुको मृत्यु भएको र समूहका धेरै आधार ध्वस्त भएको जनाएको छ ।

अल कायदासँग जोडिएको अल शबाबले एक दशक भन्दा बढी समयदेखि सोमाली सरकारसँग लडिरहेको छ । पछिल्लो समयमा सोमाली सुरक्षा बलले समूहको बिरूद्ध तीव्र आक्रमणको एक हिस्साको रूपमा देशको मध्य र दक्षिणी भागका धेरै सहर र गाउँ पुनः कब्जा गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै

काठमाडौं । काठमाडौँ उपत्यकाको नजिकै रहेको हात्तीवन-चम्पादेवी पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै...

रसुवामा ५५७ विद्यार्थी एसईईमा सहभागी हुने

काठमाडौं । चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा...

अटो दुर्घटनामा तीन जना घाइते

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कामा सवारी दुर्घटना हुँदा तीन जना घाइते...

रामग्राम नगरपालिकाको लापरबाही : योजना कार्यान्वयन अन्योल

काठमाडौं । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले १७ औं नगर परिषदबाट पारित भएका निर्णय र...