वनभोजमा मारनी र कौरा जगेर्नाको जमर्को

Published on

काठमाडौं । अत्याधिक चिसो छ । चौरमा भएका चालिसभन्दा बढी स्टलहरु खचाखच भरिएका छन् । कोही स्टल नपाएर खुला चौरमै आगो तापिरहेका छन् त कोही ठूलो आवाजमा डेग बजाएर नाचिरहेका छन् । कोही भने मदिरामा झुमिरहेका छन् । नवलपुरको कावासोती नगरपालिका–१ को पर्यटकीय क्षेत्र पोखरी तालमा शनिवार एउटा फरक दृष्यले धेरैको मन तानिरहेको थियो । गैँडाकोट–१४ नगरटाँडीबाट आएको १५–२० जनाको, आफ्नै जातीय पहिरनमा रहेको एउटा युवा जमात जो आफ्नो सांस्कृतिक परम्परा जोगाउन लागिपरिरहेको छ । 

यो समूह साउण्ड सिस्टमको कोलाहलबाट अलि टाढा एकान्तमा बसेको छ । कसैले खैँजडी, डम्फु, मादल बजाइरहेका छन् त कसैले तालिले लयमा ताल मिलाएर मारुनी गीत गाइरहेका छन् । अनि मारुनीको तालमा झुम परेर नाँचिरहेकी छिन् अमर सेकेन्डरी बोडिङ स्कुलमा युकजीमा अध्ययनरत ६ वर्षीया बालिका साहारा मगर । उनको नृत्यले यस्तो लय र ताल समातेको छ कि लाग्छ उनी तालिम प्राप्त नृत्यङ्गाना हुन् । साहाराकी आमा तारा थापा मगरका अनुसार साहाराले कतैबाट नृत्यसम्बन्धि तालिम भने लिएकी छैनन् ।  ‘‘यति सानो उमेरमा पनि आफ्नो समुदायको कला संस्कृती प्रतिको लगाव देख्दा खुशी लाग्छ,’’ ताराले भन्नुभयो, ‘‘उनी विद्यालयमा पनि यस्ता कार्यक्रममा भाग लिन्छिन्, एक पटक देखेको कुरा फेरी सिकाउन पर्दैन, छिट्टै सिक्ने बानी छ ।’’ वनभोजमा गएको बेला ठूलो आवाजमा हिन्दी, फिल्मी तथा पप र र्यापमा झुम्ने पुस्ताका लागि यो एउटा आफ्नै कला संस्कृति संरक्षण गर्ने प्रयास गरिएको बताउनुहुन्छ खैँजडी बजाउँदै गर्नु भएका २५ वर्षीय रमेश दर्लामी । 

युवापुस्ताले चासो नदिँदा परापूर्वकालदेखि चल्दै आएको मारुनी, कौरा नाच सङ्कटमा पर्न थालेको गुनासो बढ्न थालेपछि मगर समुदायका युवा यसको संरक्षणमा जुटेका छन्। युवापुस्ता अध्ययन तथा रोजगारीका लागि कतिपय गाउँबाहिर र कोही देशबाहिर जाने क्रम बढेपछि पाका पुस्ताको काँधमा पुगेको जिम्मेवारलिाई गाउँमा उपलब्ध युवाले जिममेवारी वहन गर्ने प्रयास गरेको भनाइ छ अर्का वाद्यवादक टंक दर्लामीको । गोरखापत्र

spot_img

ताजा समाचार

नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा...

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै, १० बुँदे दृष्टिपत्र सार्वजनिक गर्ने तयारी

काठमाडौं - भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच...

प्रधानमन्त्री वालेन्द्र शाहज्यू दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ - प्रधानमन्त्री वालेन्द्र शाहज्यू दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ।...

गल्कोट घुम्टे सहकारीको नयाँ सञ्चालक समिति निर्विरोध चयन, वित्तीय अवस्था सार्वजनिक

काठमाडौं – काठमाडौंको शंखमूल, नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको...