धार्मिक सहअस्तित्वमै मधेशको पहिचानः मुख्यमन्त्री यादव

Published on

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले धर्म, जाति र समुदायबिचको सहअस्तित्व नै मधेशको मौलिक पहिचान भएको उल्लेख गर्दै धार्मिक सद्भाव बिगार्ने कुनै पनि प्रयास अस्वीकार्य हुने स्पष्ट पार्नुभएको छ । पछिल्लो केही समय मधेशमा भइरहेको सामुदायिक सद्भाव बिगार्ने गतिविधिलाई मध्येनजर गर्दै मुख्यममन्त्री यादवले आफ्नो आधिकारिक फेसबुक पेजबाट सो कुरा स्पष्ट पार्नुभएको हो । उहाँले हिन्दु–मुस्लिमसहित सबै समुदायको साझा घरका रूपमा मधेशलाई व्याख्या गर्दै विविधता नै प्रदेशको शक्ति भएको बताउनुभयो ।

उहाँले पछिल्लो समय केही स्थानमा देखिएका तनाव र अफवाहले सामाजिक सद्भावमा असर पार्न खोजेको भन्दै सबै नागरिकलाई संयमित हुन आग्रह समेत गर्नुभयो । धर्मका नाममा घृणा र हिंसा फैलाउने गतिविधिले समाजलाई कमजोर बनाउने उल्लेख गर्दै मुख्यमन्त्री यादवले यस्ता प्रवृत्तिविरुद्ध प्रदेश सरकार कडाइका साथ उभिने स्पष्ट पार्नुभयो । उहाँले शान्ति र सद्भाव कायम राख्न धार्मिक अगुवा, युवा तथा समुदायका नेतृत्वकर्ताको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । मुख्यमन्त्री यादवले हिंसाले कहिल्यै समाधान नदिने स्पष्ट गर्दै मधेश सधैँ आपसी विश्वास, सहिष्णुता र मानवीय मूल्यको उदाहरण बनेर रहने प्रतिबद्धता  व्यक्त गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...