गाडीसहित अवैध माछा बरामद

Published on

काठमाडौं । जिल्ला कपिलवस्तुको शिवराज नगरपालिकामा प्रहरीले शङ्कास्पद अवस्थामा रहेको बोलेरो पिकअप गाडीसहित सुकाइएको सिद्रा माछा बरामद गरेको छ । सोमबार राति करिब १० बजे इलाका प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा शिवराज नगरपालिका वडा ५ स्थित समानता एफएमनजिक कृष्णनगर–चन्द्रौटा सडक खण्डबाट लु १ च ९२७९ नम्बरको बोलेरो पिकअप गाडी नियन्त्रणमा लिएको हो ।

जाँचका क्रममा उक्त गाडी चालक शिवराज नगरपालिका वडा ५ खैरी बस्ने ३६ वर्षीय शेषबहादुर चौधरीले प्रज्ञापनपत्रमा तोकिए बमोजिमको सामान नराखी एक हजार ७४० केजी सिद्रा माछा ओसारपसार गरिरहेको फेला परेको प्रहरीले जनाएको छ । बरामद सामग्रीमध्ये बोलेरो पिकअप गाडी १ थानको मूल्य १२ लाख र सिद्रा माछाको मूल्य ५ लाख ५६ हजार ८ सय गरी जम्मा १७ लाख ५६ हजार ८ सय बराबरको सामग्री रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो । चालक, सवारी साधन तथा बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल, रुपन्देही पठाइएको उहाँले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...