काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको आज बोलाइएको बैठक स्थगित भएको छ । आज दिउँसो २ बजे प्रदेश सभाको बैठक बोलाइएको थियो । सभामुखको आदेशानुसार अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो । जेनजी आन्दोलनकारीले तोडफोड र आगजनी गरेपछि चार महिनासम्म प्रदेश सभाको बैठक बस्न सकेको थिएन । सभा भवन मर्मतपछि केही दिन अगाडिबाट मात्रै प्रदेश सभाको बैठक पुनः सुरु भएको थियो । गोरखापत्र

