जाजरकोटमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

Published on

काठमाडौं । जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका ८ घोगीदेखि थलह जाने क्रममा नाउरीघाट भन्ने स्थानमा जिप दुर्घटना भएको स्थानीयले जानकारी दिएका छन् । जिल्ला समन्वय समिति जाजरकोटका सदस्य एवं स्थानीयवासी खड्कबहादुर बुढाले दुर्घटनामा परी सोही स्थानका २५ वर्षीय राजु अधिकारी र ६५ वर्षीय नन्दकला अधिकारीको मृत्यु भएको जानकारी दिनुभयो । 

जीपमा चालकसहित पाँच जना यात्रु सवार रहेकोमा अन्य दुई जना यात्रु र चालक घाइते रहेको बुढाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी वसन्तकुमार शर्माले दुर्घटनामा दुई जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको खबर स्थानीयले गरे लगत्तै प्रहरी घटनास्थलतर्फ लागेको र विस्तृत घटना विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...