म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी परिचालन हुने

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आठ सय ६१ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । निर्वाचनमा परिचालन गरिने निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ति समिति म्याग्दीले निर्वाचन प्रहरीको भर्नाका लागि आवश्यक प्रक्रिया अगाडी बढाएको छ । निर्वाचन प्रहरीका लागि पुस २५ गतेदेखि माघ १ गतेसम्म आवेदन दिन पाइनेछ । जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रजिअ कुलप्रसाद आचार्यले दिएको जानकारी अनुसार नेपाल प्रहरी र शसस्त्र प्रहरी बल गलेश्वरबाट भर्नाको फारम लिन सकिने छ । ४० दिन खटिने गरी ३४ हजार ७७६ रुपियाँ तलबसुविधा पाउने गरी भर्ना खुलेको खुलेको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो । यातायात तथा खानाखाना, दुर्घटना विमाका साथै भर्ना भएको २० दिनपछि कुनै मानसिक लगायतका समस्या देखिएमा काम गरे अनुसारको सुविधा पाइने सहायक प्रजिअ आचार्यको भनाइ छ ।

निर्वाचन प्रहरीका लागि साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै दलको सदस्यता नपाएको, शारीरिक र मानसकि रूपमा स्वस्थ लगायतका तोकिएको योग्यता प्रहरी र सशस्त्रका जवानको भर्नामा निर्धारण गरिएका प्रावधान रहेको छ । निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिएकामध्ये बिगतमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा म्यादी प्रहरी भई सन्तोषजनक काम गरेका (म्यादी प्रहरी प्रमाणपत्र अनुसार), विदेशी मुलुकका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त नपाली नागरिकको हकमा भर्नामा प्राथमिकता दिइने सूचनामा उल्लेख गरिएको छ । म्याग्दीमा ८२ मतदानस्थल र ८६ हजार ३ सय ९७ जना मतदाता रहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

कांग्रेस महाधिवेशनमा रवि, ओली, प्रचण्डसहित विभिन्न दलका शीर्ष नेता सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी...

कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी, विधान संशोधनको मस्यौदा तयार

  काठमाडौँ । नेपाली कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी गरिएको छ। पार्टीको...

रास्वपा केन्द्रीय समिति बैठक आज, संगठन विस्तार र स्थानीय निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। सभापति...

आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...