म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी परिचालन हुने

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आठ सय ६१ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । निर्वाचनमा परिचालन गरिने निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ति समिति म्याग्दीले निर्वाचन प्रहरीको भर्नाका लागि आवश्यक प्रक्रिया अगाडी बढाएको छ । निर्वाचन प्रहरीका लागि पुस २५ गतेदेखि माघ १ गतेसम्म आवेदन दिन पाइनेछ । जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रजिअ कुलप्रसाद आचार्यले दिएको जानकारी अनुसार नेपाल प्रहरी र शसस्त्र प्रहरी बल गलेश्वरबाट भर्नाको फारम लिन सकिने छ । ४० दिन खटिने गरी ३४ हजार ७७६ रुपियाँ तलबसुविधा पाउने गरी भर्ना खुलेको खुलेको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो । यातायात तथा खानाखाना, दुर्घटना विमाका साथै भर्ना भएको २० दिनपछि कुनै मानसिक लगायतका समस्या देखिएमा काम गरे अनुसारको सुविधा पाइने सहायक प्रजिअ आचार्यको भनाइ छ ।

निर्वाचन प्रहरीका लागि साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै दलको सदस्यता नपाएको, शारीरिक र मानसकि रूपमा स्वस्थ लगायतका तोकिएको योग्यता प्रहरी र सशस्त्रका जवानको भर्नामा निर्धारण गरिएका प्रावधान रहेको छ । निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिएकामध्ये बिगतमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा म्यादी प्रहरी भई सन्तोषजनक काम गरेका (म्यादी प्रहरी प्रमाणपत्र अनुसार), विदेशी मुलुकका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त नपाली नागरिकको हकमा भर्नामा प्राथमिकता दिइने सूचनामा उल्लेख गरिएको छ । म्याग्दीमा ८२ मतदानस्थल र ८६ हजार ३ सय ९७ जना मतदाता रहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...