गाजामा इजरायली आक्रमणमा पाँच बालबालिकासहित १३ जनाको मृत्यु

Published on

काठमाडौं । युद्धविरामको बावजुद गाजामा भएको इजरायली आक्रमणमा पाँच बालबालिकासहित कम्तीमा १३ जनाको ज्यान गएको गाजाको नागरिक सुरक्षा एजेन्सीले बताएको छ । एजेन्सीका प्रवक्ता महमुद बासलाई उद्धृत गर्दै एएफपीले दक्षिणी गाजामा विस्थापित मानिसको शिविरमा ड्रोन प्रहार गर्दा तीन बालकसहित चार जनाको मृत्यु भएको जनाएको छ । गाजापट्टीको उत्तरमा, जबालिया शरणार्थी शिविर नजिकै एक जना र एक विद्यालयमा भएको आक्रमणमा एक जना र दक्षिण खान युनूस नजिकै भएकोको ड्रोन आक्रमणले एक व्यक्तिको ज्यान लिएको एजेन्सीले जनाएको छ । हमास प्राधिकरणअन्तर्गत सञ्चालन गर्ने एजेन्सीले अन्य आक्रमणमा एक बालकसहित दुई जनाको मृत्यु भएको जनाएको छ ।

बिहीबार गाजा सहरको पूर्वी क्षेत्रको एक घरलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा थप चार जनाको मृत्यु भएको उल्लेख गर्दै बासलले बेपत्ता भएका धेरै मानिसको खोजी तथा उद्धार कार्य सुरु भएको जनाउनुभएको छ । गाजा पट्टीमा युद्धविराम सम्झौताको उल्लङ्घन गरी गरिएको पछिल्लो इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको बासलले बताउनुभएको छ । इजरायली सेनाले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रतिक्रियामा दक्षिणी र उत्तरी गाजा पट्टीमा हमास आतङ्कवादी र आतङ्ककारी पूर्वाधारमा प्रहार गरेको बताएको छ । गाजापट्टीबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र युद्धविराम सम्झौताको उल्लङ्घन भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । अक्टोबर-१० देखि, गाजामा अमेरिकी प्रस्तावको युद्धविरामले इजरायली सेना र हमासबिचको लडाइँलाई धेरै हदसम्म रोकेको छ, तर दुवै पक्षले बारम्बार युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन् । हमासका प्रवक्ता हाजेम कासिमले बिहीबार गाजामा भएको आक्रमणले “इजरायली कब्जाले युद्धविरामप्रति आफ्नो प्रतिबद्धता त्यागेको पुष्टि गरेको एएफपीले जनाएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सेनाले युद्धविराम लागु भएदेखि गाजामा कम्तीमा ४२५ जना प्यालेस्टिनीको हत्या गरेको छ । नोभेम्बर-२२ मा भएको इजरायली आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको थियो भने इजरायली सेनाले यसै अवधिमा आतङ्कवादीले आफ्ना तीन जना सैनिकको हत्या गरेको बताएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

साफ फुटसल : माल्दिभ्ससँग हारेपछि नेपाल बाहिरियो

काठमाडौं । नेपालले थाइलायन्डमा जारी साफ फुटसल च्याम्पियनसिपबाट बाहिरिएको छ । नोन्थाबुरी स्टेडियमको फुटसल...

मानव इतिहास खोजिँदै, भेटिए भाँडाका टुक्रा

काठमाडौं । चुरे क्षेत्रको बीचमा पर्ने दाङ तुलसीपुर उपमहानगरपालिका–१३ स्थित ‘तुई’ उपत्यकामा मानव सभ्यताको...

कराची मल आगलागीमा मृतक सङ्ख्या ५५ पुग्यो

काठमाडौं । पाकिस्तानको सबैभन्दा ठुलो सहर कराचीस्थित एक मलमा भएको भीषण आगलागीमा ज्यान गुमाउनेको...

अफगानिस्तानमा आम नागरिकमाथि भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सदस्यले अफगानिस्तानको राजधानी काबुलको रेस्टुरेन्टमा भएको आक्रमणको कडा...