भूमिहीन र अव्यवस्थित बसोवासीलाई निस्सा

Published on

काठमाडौं । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरूको स्थायी व्यवस्थापनका लागि जग्गाको  निस्सा वितरण कार्यलाई तीव्रता दिइएको  छ । गाउँपालिकाभरि रहेका कुल तीन हजार १०२ भूमिहीन तथा अव्यवस्थित बसोवासीहरूलाई लालपुर्जा वितरण गर्ने लक्ष्य अनुरूप पहिलो चरणमा  जग्गाको निस्सा वितरण र जग्गा नापजाँचको कार्यलाई तीव्रता दिइएको हो ।

गाउँपालिका अध्यक्ष सुखाडि प्रसाद चौधरीले भूमिहीनहरूको समस्या समाधान गर्न वितरण गरिएको निस्सा केवल कागजको टुक्रा मात्र नभइ लालपुर्जा पाउने बलियो आधार र राज्यसँगको अधिकारको प्रमाण भएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले प्रक्रियालाई पारदर्शी र त्रुटिरहित बनाउन कर्मचारी संयन्त्र खटिएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “भूमि आयोगको कार्यविधि अनुसार हामीले वास्तविक पीडितको पहिचान गरी तथ्याङ्क सङ्कलन र प्रमाणीकरणको कामलाई अन्तिम चरणमा पुर्याएका छौँ। निस्सा वितरणसँगै अब प्राविधिक टोलीले फिल्डमै पुगेर जग्गाको सीमाङ्कन गर्नेछ।” गोरखापत्र

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...