भूमिहीन र अव्यवस्थित बसोवासीलाई निस्सा

Published on

काठमाडौं । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरूको स्थायी व्यवस्थापनका लागि जग्गाको  निस्सा वितरण कार्यलाई तीव्रता दिइएको  छ । गाउँपालिकाभरि रहेका कुल तीन हजार १०२ भूमिहीन तथा अव्यवस्थित बसोवासीहरूलाई लालपुर्जा वितरण गर्ने लक्ष्य अनुरूप पहिलो चरणमा  जग्गाको निस्सा वितरण र जग्गा नापजाँचको कार्यलाई तीव्रता दिइएको हो ।

गाउँपालिका अध्यक्ष सुखाडि प्रसाद चौधरीले भूमिहीनहरूको समस्या समाधान गर्न वितरण गरिएको निस्सा केवल कागजको टुक्रा मात्र नभइ लालपुर्जा पाउने बलियो आधार र राज्यसँगको अधिकारको प्रमाण भएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले प्रक्रियालाई पारदर्शी र त्रुटिरहित बनाउन कर्मचारी संयन्त्र खटिएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “भूमि आयोगको कार्यविधि अनुसार हामीले वास्तविक पीडितको पहिचान गरी तथ्याङ्क सङ्कलन र प्रमाणीकरणको कामलाई अन्तिम चरणमा पुर्याएका छौँ। निस्सा वितरणसँगै अब प्राविधिक टोलीले फिल्डमै पुगेर जग्गाको सीमाङ्कन गर्नेछ।” गोरखापत्र

spot_img

ताजा समाचार

कोजाग्रत पूर्णिमासँगै आज बडादसैँ पर्व समापन हुँदै

काठमाडौं । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै...

स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, राष्ट्रियतामाथि अवमूल्यन भएको टिप्पणी

काठमाडौं – नेपाल-भारत सम्बन्धबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी...

कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौं - आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा...

मौरिससमा रहेका १४ हजार नेपाली श्रमिकको अधिकारबारे छलफल

काठमाडौँ । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी...