स्थानीय माटो कला संरक्षणमा संस्थागत सहकार्य

Published on

काठमाडौं । कपिलवस्तु जिल्लामा परम्परागत माटोको भाँडाकुँडा कलालाई संरक्षण गर्दै आधुनिक समयसँग जोड्ने उद्देश्यका साथ सीप विकास तथा बजारीकरण सम्बन्धी तालिम दिइएको छ । दलित सामाजिक विकास केन्द्र र युनाइटेड मिसन टु नेपाल (यु.एम.एन.) को संयुक्त साझेदारीमा सञ्चालित जीवन सुधार परियोजनाको आयोजनामा तथा सिया आर्टको सहकार्यमा उक्त तालिम सञ्चालन गरिएको हो । यशोधरा गाउँपालिकाका वडा नम्बर १, २ र ३ का ११ जना उद्यमीलाई माटोको भाँडा, मूर्ति निर्माण तथा बजारीकरणसम्बन्धी व्यावहारिक तालिम प्रदान गरिएको परियोजनाका परियोजना अधिकृत रमेश कुर्मीले जानकारी दिनुभयो । तालिमको उद्देश्य स्थानीय कलाकारको सीप अभिवृद्धि गर्दै उत्पादनलाई बजारसँग जोड्नु रहेको उहाँको भनाइ छ ।

सिया आर्टका सञ्चालक बालगोविन्द त्रिपाठीले कपिलवस्तुको माटोको भाँडाकुँडा कलालाई संरक्षण गर्दै आधुनिक डिजाइन, प्रविधि र बजारसँग समेट्नु आफ्नो दृष्टि रहेको बताउनुभयो । “परम्परागत सीपलाई नयाँ सोच र बजारसँग जोडेर स्थानीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नु हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो । यसबाट कलाकारको सम्मान, रोजगारी सिर्जना र सांस्कृतिक गर्व मजबुत हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

तालिममा सहभागीहरूलाई अन्य स्थानका सफल कला तथा मूर्तिकलाका नमुना अवलोकन गराई बजारको मागअनुसार उत्पादन गर्ने सीप विकास गराइएको थियो । उत्पादित सामग्रीलाई सहज रूपमा बजारसम्म पुर्‍याउन सिया आर्ट र दलित सामाजिक विकास केन्द्रबीच समन्वय गरिएको परियोजनाले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

उत्तर कोरियामा संसदीय निर्वाचन घोषणा

काठमाडौं । उत्तर कोरियाले यस महिनाभित्र आफ्नो सर्वोच्च जनसभाका लागि प्रतिनिधि चयन गर्ने घोषणा...

अष्ट्रेलियामा कँडेल कपको तयारी

काठमाडौं । अष्ट्रेलियाको मेलबर्नमा मार्च ७ र ८ तारिख हुने १५औँ कँडेल मन्सल्टेन्सी कप फुटबलको...

बाजुरामा सवारी साधन सञ्चालनमा रोक

काठमाडौं । बाजुरामा फागुन २० गते राती १२ बजे देखि सवारी साधन सञ्चालनमा पूर्ण रोक...

अमेरिकाद्वारा पाकिस्तानी दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न आदेश

काठमाडौं । अमेरिकाले पाकिस्तानी वाणिज्य दूतावासमा कार्यरत कर्मचारीलाई पाकिस्तान छोड्न आदेश दिएको छ, भने...