अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध

Published on

काठमाडौं । ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबिच भगिनी सम्बन्ध कायम भएको छ । अमेरिकाको कोलोराडोमा अवस्थित ब्रुमफिल्ड शहरसँग महानगरको भगिनी सम्बन्ध कायम भएको हो । भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा महानगरका प्रमुख चिरीबाबु महर्जन र ब्रुमफिल्ड शहरका मेयर गाइलिन क्याट्रिओटाले हस्ताक्षर गर्नुभयो । महानगर प्रमुखको प्रतिनिधिमण्डलमा महानगरको वडा नं.१३का वडा अध्यक्ष गणेश केसी हुनुहुन्छ ।  ललितपुर महानगरका प्रमुख महर्जनले कला, संस्कृति र सम्पदाको सहर ललितपुर महानगरले अन्तर्राष्ट्रिय शहरसँग भगिनी सम्बन्ध गाँस्न पाउनु महत्त्वपूर्ण विषय भएको बताउनुभयो । नगर प्रमुख महर्जनले यो सम्बन्धले महानगरको मात्रै नभई नेपालको छविलाई समेत अन्तर्राष्ट्रिय रुपमा थप उचाइ दिएको बताउनुभयो ।

भिगिनी सम्बन्धलाई मितेरी सम्बन्धको रुपमा व्याख्या गर्दै नगरप्रमुख महर्जनले भन्नुभयो, ‘‘अब हामी एक अर्काको नजिकको साथी भयौं, दुःख, सुःख साटासट गर्छौै ।’’ ब्रमुफिल्ड शहरले गरेका राम्रा काम आफ्नो नगरपालिको अनुकरण गर्ने बताउँदै कला, संस्कृति र सम्पदाको शहर ललितपुर महानगरबाट ब्रुमफिल्ड सहरले पनि धेरै कुरा सिक्न सक्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘‘हाम्रो मित्रताको चिनो स्वरुप कलात्मक मन्दिर, फल्चा हामी ब्रुमफिल्डमा निर्माण गर्न सक्छौं ।’’ ब्रुमफिल्ड शहरका गाइलिन क्याट्रिओटाले सुन्दर नेपालको कला र संस्कृतिले सम्पन्न शहरसँग भगिनी सम्बन्ध कायम गर्न पाउँदा खुशी लागेको बताउनुभयो । ललितपुर महानगरको विकासको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता उहाँले जानकारी दिनुभयो ।

ललितपुर महानगरले यस अघि अन्तर्राष्ट्रिय क्षेत्रमा कोरियाको चेओरवन, रसियाको उलान उदे शहरसँग भगिनी सम्बन्ध कायम गरिसकेको छ । यसैगरी, देशभित्रका छ वटा पालिकासँग महानगरको भगिनीसम्बन्ध कायम भएको छ । सल्यानको शारदा नगरपालिका, संखुवासभाको चैन नगरपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका, गुल्मीको मालिका गाउँपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, दोलखाको भीमेश्वर नगरपालिकासँग भगिनी सम्बन्ध कायम भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...