काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

Published on

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा अहिले धमाधम उम्मेदवारको मनोनय दर्ता भइरहेको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार १० वटै निर्वाचन क्षेत्रमा उत्साहका साथ मनोनय दर्ता भइरहेको छ । उम्मेदवारी दर्तालाई व्यवस्थित र मर्यादित तुल्याउन सर्वदलीय सहमतिका आधारमा निर्वाचनमा भाग लिने पार्टी र उम्मेदवारलाई फरक–फरक समय तोकिएको उहाँले जानकारी दिनु भयो । मनोनयन दर्ता आज अपराह्न ५ बजेसम्म हुने छ । हालसम्म प्राप्त जानकारी अनुसार काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा दुई जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ । मुख्य निर्वाचन अधिकृत खड्काका अनुसार क्षेत्र नं १ मा एक स्वतन्त्र र राप्रपाका तर्फबाट उम्मेदवारी दर्ता भएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं १० मा राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका तर्फबाट उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन क्षेत्र नं ६ मा ६ मा राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवारी दर्ता भइसकेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेका छन् । काठमाडौँ क्षेत्र नं १ मा सहकारी प्रशिक्षण केन्द्र नयाँ बानेश्वर, क्षेत्र नं २ मा कागेश्वरी मनोहरा नगरपालिका भवन, क्षेत्र नं ३ को गोकर्णेश्वर नगरपालिकको वडा नं ४ को कार्यालय, क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको ज्येष्ठ नागरिक समाज भवन चपलीमा मनोनय दर्ता भइरहेको छ ।

काठमाडौँ क्षेत्र नं ५ का लागि टोखा नगरपालिकाको श्री समाज भवन, क्षेत्र नं ६ को तारकेश्वर नगरपालिकाको भवन धर्मस्थली, काठमाडौँ क्षेत्र नं ७ का लागि बहुउद्देश्यीय मार्सल आर्टस केन्द्र जुडोहल खुसिबु बालाजु, क्षेत्र नं ८ को नार्गाजुन नगरपालिकाको नगरपालिका भवन, क्षेत्र नं ९ को चन्द्रागिरि नगरपालिकाको भवन र क्षेत्र नं १० का लागि कीर्तिपुर नगरपालिकाको वडा नं २ को भवन बाघभैरवमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको छ । मुलुकभरका १६५ निर्वाचन क्षेत्रमा आज उम्मेदवारको मनोनयन दर्ता चलिरहेको निर्वाचन आयोगले जनाएको छ । यसपटकको निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् भन्ने मतदान स्थल १० हजार ९६७ र मतदान केन्द्र २३ हजार ११२ निर्धारण गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...