काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

Published on

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा अहिले धमाधम उम्मेदवारको मनोनय दर्ता भइरहेको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार १० वटै निर्वाचन क्षेत्रमा उत्साहका साथ मनोनय दर्ता भइरहेको छ । उम्मेदवारी दर्तालाई व्यवस्थित र मर्यादित तुल्याउन सर्वदलीय सहमतिका आधारमा निर्वाचनमा भाग लिने पार्टी र उम्मेदवारलाई फरक–फरक समय तोकिएको उहाँले जानकारी दिनु भयो । मनोनयन दर्ता आज अपराह्न ५ बजेसम्म हुने छ । हालसम्म प्राप्त जानकारी अनुसार काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा दुई जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ । मुख्य निर्वाचन अधिकृत खड्काका अनुसार क्षेत्र नं १ मा एक स्वतन्त्र र राप्रपाका तर्फबाट उम्मेदवारी दर्ता भएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं १० मा राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका तर्फबाट उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन क्षेत्र नं ६ मा ६ मा राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवारी दर्ता भइसकेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेका छन् । काठमाडौँ क्षेत्र नं १ मा सहकारी प्रशिक्षण केन्द्र नयाँ बानेश्वर, क्षेत्र नं २ मा कागेश्वरी मनोहरा नगरपालिका भवन, क्षेत्र नं ३ को गोकर्णेश्वर नगरपालिकको वडा नं ४ को कार्यालय, क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको ज्येष्ठ नागरिक समाज भवन चपलीमा मनोनय दर्ता भइरहेको छ ।

काठमाडौँ क्षेत्र नं ५ का लागि टोखा नगरपालिकाको श्री समाज भवन, क्षेत्र नं ६ को तारकेश्वर नगरपालिकाको भवन धर्मस्थली, काठमाडौँ क्षेत्र नं ७ का लागि बहुउद्देश्यीय मार्सल आर्टस केन्द्र जुडोहल खुसिबु बालाजु, क्षेत्र नं ८ को नार्गाजुन नगरपालिकाको नगरपालिका भवन, क्षेत्र नं ९ को चन्द्रागिरि नगरपालिकाको भवन र क्षेत्र नं १० का लागि कीर्तिपुर नगरपालिकाको वडा नं २ को भवन बाघभैरवमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको छ । मुलुकभरका १६५ निर्वाचन क्षेत्रमा आज उम्मेदवारको मनोनयन दर्ता चलिरहेको निर्वाचन आयोगले जनाएको छ । यसपटकको निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् भन्ने मतदान स्थल १० हजार ९६७ र मतदान केन्द्र २३ हजार ११२ निर्धारण गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...