विशेष महाधिवेशनपछि कांग्रेस एकढिक्का बनेको छ : डा. कोइराला

Published on

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शेखर कोइरालाले विशेष महाधिवेशनपछि नेपाली कांग्रेस एकताबद्ध भएर अगाडि बढिरहेको बताउनुभएको छ । विहीबार सुन्दरहरैंचामा मोरङ क्षेत्र नं. ६ का पार्टी कार्यकर्तासँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.कोइरालाले महाधिवेशनको समय आफू मध्यमार्गी भूमिकामा रहेको स्पष्ट पार्नुभयो । उहाँका अनुसार पार्टीभित्र मतभेद रहे पनि अधिवेशनपछि सबै पक्ष एक ठाउँमा आएको छ । “मिलाउने भूमिकामा बस्ने मान्छेलाई गाह्रो हुन्छ । त्यो बेला न यो पक्षले सुन्छ, न त्यो पक्षले । नोमिनेसनपछि अधिवेशन गरौँ भन्ने प्रस्ताव राखेको थिएँ, तर रोक्न सकिएन,” उहाँले भन्नुभयो, “अधिवेशन सकिएपछि भने पार्टी एकढिक्का बनेको छ ।”

डा. कोइरालाले पछिल्लो समय देखिएको ‘जेन–जी’ आन्दोलनले समाजमा चेतना बढाएको उल्लेख गर्दै यसले उठाएका मुद्दा आफूले विगतदेखि नै उठाउँदै आएको बताउनुभयो । यद्यपि देशको आर्थिक अवस्था भने करिब ५० वर्ष पछाडि धकेलिएको उहाँको भनाइ छ । उहाँले सबै तहका कांग्रेस कार्यकर्ता र नेताहरूलाई निर्वाचनमा एकताबद्ध भएर होमिन निर्देशन दिनुभयो । एकताबद्ध प्रयासबाट मात्रै पार्टीलाई मजबुत बनाउन सकिने र मुलुकलाई सही दिशामा लैजान सकिने उहाँले उल्लेख गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...