अफ्रिकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

Published on

काठमाडौं । अफ्रिकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहले गरेको आक्रमणमा कम्तिमा ११ जना प्रहरी अधिकारीको मृत्यु भएको सुरक्षा स्रोतले बिहीबार रिपोर्ट गरेको छ । स्रोतले सयौं आतङ्ककारीले देशको पूर्वी भागमा गौरमा प्रान्तको डायपाङ्गोउ विभागको बाल्गा क्षेत्रमा सुरक्षा क्षेत्र लक्षित आक्रमण गरेको जनाएका छन् । आक्रमणको परिणाम स्वरूप घटना स्थलमा सात जना प्रहरी अधिकारीको तत्काल मृत्यु भएको र अन्य चार जना घाइतेको उपचारको क्रममा मृत्यु भएसँगै मृतकको सङ्ख्या ११ पुगेको जनाइएको छ । अफ्रिकाको साहेल क्षेत्रमा अवस्थित बुर्किना फासोले सन् २०१५ देखि अल-कायदासँग सम्बन्धीत सशस्त्र समूहले बारम्बार आक्रमण गरेको जनाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...