राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा ११ बजेसम्म १६१ जनाले गरे मतदान

Published on

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा आइतबार बिहान ११ बजेसम्म एक सय ६१ जनाले मतदान गरेका छन् । बिहान ११ बजेसम्म प्रदेशसभा सदस्य ५२ जना र स्थानीय तहका प्रमुख÷उपप्रमुख एक सय नौ जना गरेर एक सय ६१ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवँरले जानकारी दिनुभएको छ ।  

उहाँका अनुसार राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा ८३ जना प्रदेशसभा सदस्य र दुई सय १६ जना स्थानीय तहका प्रमुख/उपप्रमुख मतदाता रहेका छन् । राष्ट्रियसभा सदस्य चयनका लागि विहान ९ बजेदेखि घोराही उपमहानगरपालिका–१५ स्थीत कर्मचारी मिलन केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । मतदानका लागि दिउँसो ३ बजेसम्मको समय रहेको छ ।  गोरखापत्र

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...