अध्यक्ष ओली र पूर्व प्रमुख साह आमने–सामने

Published on

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र साहबिच पब्लिक डिबेटमा आउने विषयलाई लिएर तर्क वितर्क सुरुभएको छ । आइतबार विहान ८ बजेतिर अध्यक्ष ओलीले सामाजिक सञ्जालमा पब्लिक डिबेटको लागि आफू तयार रहेको भन्दै स्टाटस पोष्ट गर्नुभएपछि त्यसको करिब दुई घण्टापछि साहले ओलीकै स्टाटसमा जवाफ फर्काउनुभएको हो । अध्यक्ष ओलीले सामाजिक सञ्जाल (फेसबुक) मा लेख्नुभएको छ, “पब्लिक डिबेटको लागि तयार छौँ । नयाँ–पुराना सबै दलहरु अहिले चुनावमा होमिएका छन् । देश जलाउने र देश बनाउने पक्षबिच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ ।” 

यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताबिच एउटा पारदर्शी बहसको माग भइरहेकाले आफूले पब्लिक डिबेटका लागि तयार रहेको प्रष्टिकरण अध्यक्ष ओलीको छ । उहाँले लेख्नुभएको छ, “फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकाले यस्तो पब्लिक डिबेट माग भएको हुन सक्छ ।” “यसपालीको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन् । देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने–सामने बहसको माग अत्यन्त सकारात्मक छ” उहाँले सञ्जालमा लेख्नुभएको छ ।

यस्तो पब्लिक डिबेटमा आमने–सामने उभिएर यसअघि गरिएका कामको फेहरिस्ट राख्न पाए मतदातालाई पनि सहज हुने अध्यक्ष ओलीको बुझाइ छ । उहाँको भनाइ छ, “यसअघि हामीले के के ग¥यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु । चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु । त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु” उहाँले सञ्चारमाध्यमलाई संकेत गर्दै आग्रह गर्नुभएको । यता काठमाडौं महानगरका निबर्तमान मेयर बालेन्द्र साहले अध्यक्ष ओलीको स्टाटसको जवाफ फर्काउँदै आफू बहसमा नजाने बताउनुभएको छ । उहाँले अध्यक्ष ओलीको स्टाटस सामाजिक सञ्जालमा जवाफ फर्काउँदै लेख्नुभएको छ, “आफूलाई देश जलाउनेको रुपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरुको घर कता कता छन् तपाईहरुलाई नै थाहा थियो । तपाईहरुले आफैँ २३ गते बच्चाहरु मारेको आतङ्कबाद लुकाउन २४ गते जलाएको हो !”

साहले अध्यक्ष ओलीलाई आतङ्कवादी स्वीकार गर्न आग्रह गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, “आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ?! त्योपछि अरु कुरा गरौंला । ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिने छ ।” यो समाचार तयार पार्दासम्म तीन घण्टामा अध्यक्ष ओलीको सो स्टाटसको ३३ हजार लाइक पुगेको छ । २३ हजार कमेन्ट्स र १.१ हजार शेयर भएको देखिन्छ । अध्यक्ष ओली र पूर्व प्रमुख साह दुवैजना झापा ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार हुनुहुन्छ । यो निर्वाचनमा सबैको नजर झापा केन्द्रित भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...