राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान जारी

Published on

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत मधेश प्रदेशमा चार सिटका लागि आज भइरहेको मतदान जारी रहेको छ । मधेश प्रदेशको राजधानी जनकपुधामको श्री महेन्द्र नारायण नीधि मिथिला साँस्कृतिक केन्द्रमा निमार्ण गरिएको दुई वटा मतदान केन्द्रमा मतदान जारी रहेको छ ।  समाचार तायार पार्दा सम्ममा ५० प्रतिशत मतदान भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मधेश प्रदेश सभाका १०० प्रदेश सभा सदस्य र विभिन्न पालिकाका प्रमुख र उपप्रमुख गरी २६४ जना गरी जम्मा ३६४ जना मतदाता रहेको यस निर्वाचनमा आज  विहान ९ वजे देखि ३ वजे सम्म मतदान हुने समय सिमा निर्धारण गरिएको छ। मतदान सम्मपन्न हुन वितिकै सर्वदलिय बैठक बसेर मतगणनावारेमा निर्णय लिने निर्वाचन अधिकृत सुभास बाबु पुरीले जानकारी दिनु भयो । मधेश प्रदेशमा चार सिटका लागि ११ जना चुनावी मैदानमा रहनु भएको मधेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण चन्द्र राउतले जानकारी दिनु भयो । 

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार खुल्ला तर्फ लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र नेपाली कम्युनिष्ट पार्टीका लक्ष्मण पौडेल, महिला तर्फ नेकपा एमालेका रेखा झा , नेपाली कम्युनिष्ट पार्टीका सुमि कुमारी अग्रवाल र जसपा नेपालका चन्द्रकला देवी साह, दलित तर्फ नेपाली काँग्रेसका धर्मेन्द्र पासवान,  नेपाली कम्युनिष्ट पार्टीका शम्भु पासवान हजारी र जसपा नेपालका चमेली देवी दास,अपाङ्ग भएका व्यक्ति ÷अल्पसंख्यक समुह तर्फ नेपाली काँगे्रसका रंजित कर्ण ,नेपाल कम्युनिष्ट पार्टीका रमानन्दन प्रसाद र जसपा नेपालका शैलेश कुमार चौधरी गरी जम्मा ११ जना चुनावी मैदानमा रहनु भएको छ  । मधेश प्रदेशमा निर्वाचन वाट महिला एक जना,दलित एक जना,अपाङ्ग भएका व्यक्ति-अल्पसंख्यक समूहबाट एक जना र अन्य समुह वाट एक जना गरी चार जना निर्वाचित हुने छ । गोरखापत्र

spot_img

ताजा समाचार

छथरमा जातीय–सांस्कृतिक सहअस्तित्व र साहित्यमा केन्द्रित प्राज्ञिक गोष्ठी

काठमाडौं । तेह्रथुम – छथर गाउँपालिकामा जातीय, सांस्कृतिक विविधता र साहित्यिक–सामाजिक सहअस्तित्वका विषयमा प्राज्ञिक...

राष्ट्रपति पौडेलसँग ब्रिटिश गोर्खा सेनाको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले...

सुनसरी–४ का मतदाताले उम्मेदवारसँग मागे बाढी नियन्त्रण र पूर्वाधार सुधार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं...

कास्की–२ कांग्रेस उम्मेदवार बास्तोलाको हात फ्र्याक्चर, चुनावी अभियानमा चोट

काठमाडौं । नेपाली कांग्रेसका कास्की–२ का उम्मेदवार माधवप्रसाद बास्तोला निर्वाचन अभियानका क्रममा घाइते हुनुभएको...