राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान जारी

Published on

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत मधेश प्रदेशमा चार सिटका लागि आज भइरहेको मतदान जारी रहेको छ । मधेश प्रदेशको राजधानी जनकपुधामको श्री महेन्द्र नारायण नीधि मिथिला साँस्कृतिक केन्द्रमा निमार्ण गरिएको दुई वटा मतदान केन्द्रमा मतदान जारी रहेको छ ।  समाचार तायार पार्दा सम्ममा ५० प्रतिशत मतदान भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मधेश प्रदेश सभाका १०० प्रदेश सभा सदस्य र विभिन्न पालिकाका प्रमुख र उपप्रमुख गरी २६४ जना गरी जम्मा ३६४ जना मतदाता रहेको यस निर्वाचनमा आज  विहान ९ वजे देखि ३ वजे सम्म मतदान हुने समय सिमा निर्धारण गरिएको छ। मतदान सम्मपन्न हुन वितिकै सर्वदलिय बैठक बसेर मतगणनावारेमा निर्णय लिने निर्वाचन अधिकृत सुभास बाबु पुरीले जानकारी दिनु भयो । मधेश प्रदेशमा चार सिटका लागि ११ जना चुनावी मैदानमा रहनु भएको मधेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण चन्द्र राउतले जानकारी दिनु भयो । 

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार खुल्ला तर्फ लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र नेपाली कम्युनिष्ट पार्टीका लक्ष्मण पौडेल, महिला तर्फ नेकपा एमालेका रेखा झा , नेपाली कम्युनिष्ट पार्टीका सुमि कुमारी अग्रवाल र जसपा नेपालका चन्द्रकला देवी साह, दलित तर्फ नेपाली काँग्रेसका धर्मेन्द्र पासवान,  नेपाली कम्युनिष्ट पार्टीका शम्भु पासवान हजारी र जसपा नेपालका चमेली देवी दास,अपाङ्ग भएका व्यक्ति ÷अल्पसंख्यक समुह तर्फ नेपाली काँगे्रसका रंजित कर्ण ,नेपाल कम्युनिष्ट पार्टीका रमानन्दन प्रसाद र जसपा नेपालका शैलेश कुमार चौधरी गरी जम्मा ११ जना चुनावी मैदानमा रहनु भएको छ  । मधेश प्रदेशमा निर्वाचन वाट महिला एक जना,दलित एक जना,अपाङ्ग भएका व्यक्ति-अल्पसंख्यक समूहबाट एक जना र अन्य समुह वाट एक जना गरी चार जना निर्वाचित हुने छ । गोरखापत्र

spot_img

ताजा समाचार

कांग्रेस महाधिवेशनमा रवि, ओली, प्रचण्डसहित विभिन्न दलका शीर्ष नेता सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी...

कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी, विधान संशोधनको मस्यौदा तयार

  काठमाडौँ । नेपाली कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी गरिएको छ। पार्टीको...

रास्वपा केन्द्रीय समिति बैठक आज, संगठन विस्तार र स्थानीय निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। सभापति...

आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...