शान्तिपूर्वक राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदै

Published on

काठमाडौं । दुई जना राष्ट्रिय सभा सदस्य चयनका लागि सुदूरपश्चिम प्रदेशमा शान्तिपूर्वक निर्वाचन भइरहेको छ । धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयमा बिहानदेखि निर्वाचन भइरहेको हो । यसप्रदेशमा ५१ प्रदेश सभा सदस्य र १७३ स्थानीय तहका जनप्रतिनिधि गरी २२४ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य रहेकोमा एक जना प्रदेश सभा सदस्य निलम्बनमा परेको र अर्का एक प्रदेश सभा सदस्यले प्रतिनिधि सभा सदस्यको निर्वाचन लड्नका लागि राजीनामा दिएकाले ५१ जनालेमात्रै मतदान गर्न पाउने प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

यसैगरी, प्रदेशमा रहेको ८८ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष गरी १७६ मतदाता रहेकोमा १७३ जनाले मतदान गर्ने निर्वाचन कार्यालयले जानकारी दिएको छ। यस प्रदेशमा नेकपा (एमाले) र नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सहकार्य गरेर उम्मेदवार उठाएका छन् । एमालेबाट कैलालीका लीला भण्डारी र नेपाली कांग्रेसबाट बाजुराका खम्मबहादुर खातीको उम्मेदवारी छ । यस प्रदेशमा कांग्रेस, एमालेबाट जितेका जनप्रतिनिधि बढी रहेकाले दुवै जनाको जित सुनिश्चित छ । यसैगरी, नेपाली कम्युनिष्ट पार्टीले रोजी बस्नेत सुनार र टीकाराम जैसीलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले भोट हाल्ने व्यवस्था छ । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...