शान्तिपूर्वक राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदै

Published on

काठमाडौं । दुई जना राष्ट्रिय सभा सदस्य चयनका लागि सुदूरपश्चिम प्रदेशमा शान्तिपूर्वक निर्वाचन भइरहेको छ । धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयमा बिहानदेखि निर्वाचन भइरहेको हो । यसप्रदेशमा ५१ प्रदेश सभा सदस्य र १७३ स्थानीय तहका जनप्रतिनिधि गरी २२४ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य रहेकोमा एक जना प्रदेश सभा सदस्य निलम्बनमा परेको र अर्का एक प्रदेश सभा सदस्यले प्रतिनिधि सभा सदस्यको निर्वाचन लड्नका लागि राजीनामा दिएकाले ५१ जनालेमात्रै मतदान गर्न पाउने प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

यसैगरी, प्रदेशमा रहेको ८८ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष गरी १७६ मतदाता रहेकोमा १७३ जनाले मतदान गर्ने निर्वाचन कार्यालयले जानकारी दिएको छ। यस प्रदेशमा नेकपा (एमाले) र नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सहकार्य गरेर उम्मेदवार उठाएका छन् । एमालेबाट कैलालीका लीला भण्डारी र नेपाली कांग्रेसबाट बाजुराका खम्मबहादुर खातीको उम्मेदवारी छ । यस प्रदेशमा कांग्रेस, एमालेबाट जितेका जनप्रतिनिधि बढी रहेकाले दुवै जनाको जित सुनिश्चित छ । यसैगरी, नेपाली कम्युनिष्ट पार्टीले रोजी बस्नेत सुनार र टीकाराम जैसीलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले भोट हाल्ने व्यवस्था छ । गोरखापत्र

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...