‘उच्च हिमाली क्षेत्रको पाँच पदमार्गमा पदयात्रा नगर्नु’

Published on

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मुस्ताङले छिमेकी जिल्लासँग जोडिएको उच्च लेकमा पर्ने चर्चित पाँच पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ । गए रातिदेखि भारी हिमपात भएपछि मुस्ताङ र मनाङ जोड्ने सरिबुङ पास, मोसोकुन्दो पास, थोराङ्ला पास, मुस्ताङ–ङोल्पा जोड्ने याकखर्क, म्याग्दी–मुस्ताङ जोड्ने धौलागिरि पदमार्गको धम्पुस पिकको पदयात्रामा रोक लगाएको हो । जिल्ला प्रशासनले हिमापातमा जोखिम मानेका पदमार्गमा याकखर्क पाँच हजार ८ सय मिटर, थोरङ्लापास, पाँच हजार ४ सय मिटर, सरिबुङ पास ६ हजार मिटर  र धम्पुस पिक समुन्द्र सतहदेखि ५ हजार १ सय मिटर उचाइमा रहेको छ । मुस्ताङको उच्च हिमाली क्षेत्र, र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिक लगायत क्षेत्रहरूमा हिमपात भएको छ । 

तीनवटै जिल्लाबाट मुस्ताङ प्रवेश गर्ने पदमार्गमा भारी हिमपातका कारण पदयात्रा अत्यन्त जोखिम भएकाले सचेत बनाइएको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताउनुभयो । प्रजिअ शर्माले भन्नुभयो, ‘‘पदमार्ग क्षेत्रमा चार फिटसम्म हिउँ जमेको छ, पर्यटक समस्यामा परे पनि उद्धारमा निकै कठिनाइ हुन्छ ।’’ अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत पर्ने पदमार्गमध्ये थोराङ्ला पासमा माघ महिनामा पर्यटक पदयात्रामा निस्किने गरेको शर्माको भनाइ छ ।  उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४, दामोदरकुण्ड क्षेत्र र मनाङ जिल्लाको नार–फु उपत्यका जोड्ने सरिबुङ पास सबैभन्दा जोखिम मानिन्छ । जिल्ला प्रशासन कार्यालयले जोखिम पदमार्गमा गएको कात्तिक यता मुस्ताङको सुरक्षा निकायले फसेका स्वदेशी तथा विदेशी पर्यटकलाई पैदल तथा हवाईबाट पर्यटकलाई उद्धार समेत गरेको थियो । 

दामोदर कुण्ड क्षेत्रमा जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा हिमपातका कारण समस्यामा पर्ने तीर्थयात्री तथा पर्यटकलाई लक्षित गरी धर्मशालामा करिब दुई महिनालाई पुग्ने खाद्यान्नसहित आवश्यक सामग्री सञ्चित समेत गरिएकाले छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हिमपातको सम्भावनालाई मध्यनजर गरी मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर यात्रा गर्न अनुरोध गरिएको छ । बर्षासहितको हिमपातका कारणले दैनिक जनजीवन प्रभावित भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...