विद्यालयलाई फुटबल वितरण

Published on

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को ‘फिफा फुटबल फर स्कूल्स’ अन्तर्गत जिल्लाको ६ विद्यालयलाई फुटबल वितरण गरिएको छ । जिल्ला फुटबल संघ बागलुङले जिल्लाका ६ विद्यालयलाई फुटबल प्रदान गरेको हो । अनलाइनमार्फत फारम भरी छनौटमा परेका गुराँश विद्या सदन, अमर आदर्श आवासीय माध्यामिक विद्यालय, आदर्श विद्या मन्दिर मावि, चिल्डे«न लाइफ इङ्लिस बोर्डिङ स्कुल, फ्युचर ब्राइटर बोडिङ र रुदे्रपीपल माविाई १५–१५ थान फुटबल प्रदान गरिएको हो ।अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय उपाध्यक्ष दावा लामाको उपस्थितिमा विशेषगरी ८ देखि १२ वर्ष उमेर समूहका बालबालिकाले खेल्नेगरी फुटबल वितरण गरिएको जिल्ला फुटवल संघ बागलुङका अध्यक्ष जय राजभण्डारीले जानकारी दिनुभयो । 

कार्यक्रममा बोल्दै एन्फाका केन्द्रीय उपाध्यक्ष दावा लामाले फुटबल विश्वकै लोकप्रिय खेल भएकाले बालबालिकाको क्षमता विकासका लागि ‘फिफा फुटबल फर स्कूल्स’ सञ्चालन गरिएको बताउनुभयो । कार्यक्रमलाई निरन्तर अगाडि बढाउने बताउँदै लामाले फिफा फुटबल कलेज कार्यक्रम गर्ने तयारीमा रहेको योजना सुनाउनुभयो । विद्यालयस्तरमा फुटबलमार्फत बालबालिकाको समग्र विकासलाई प्रवर्धन गर्ने उद्देश्यले नेपालमा ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रम औपचारिक रूपमा सुरु भएको हो । विश्व फुटबल महासंघ (फिफा) र युनेस्कोको साझेदारीमा सञ्चालित कार्यक्रमले बालबालिकाको शिक्षा, विकास र सशक्तिकरणमा योगदान दिने लक्ष्य राखेको छ ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) को समन्वय तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्य छ । विद्यालय तहका विद्यार्थीलाई शारीरिक, मानसिक, सामाजिक र नैतिक रुपमा सक्षम बनाउने उद्देश्यसहित कार्यक्रम अघि बढाइएको हो । ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रमअन्तर्गत विद्यालयमा फुटबल सामग्री वितरण, प्रशिक्षक तथा शिक्षकलाई तालिम र फुटबललाई शिक्षणको माध्यमका रूपमा प्रयोगगरी जीवनोपयोगी सीपहरू सिकाइने जिल्ला फुटबल संघ बागलुङको अध्यक्ष जय राजभण्डारीले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...