स्पेनको मानव अधिकार र आप्रवासनमा सुधारः अवैध आप्रवासीलाई अवसर

Published on

काठमाडौं । स्पेन सरकारले देशमा बिना अनुमति बसिरहेका ठूलो संख्यामा आप्रवासीलाई कानुनी बसोबास र काम गर्ने अधिकार दिने निर्णय गरेको छ । यस कदमले अनुमानित पाँच लाख मानिसलाई लाभ पुर्याउने अपेक्षा गरिएको छ, जसले स्पेनको अर्थतन्त्रमा योगदान गर्दै आएका छन् । स्पेनका आप्रवासन मन्त्री एल्मा साइसका अनुसार सरकारले बिधेयक पारित नभएको अवस्थामा पनि यो योजना अघि बढाउने निर्णय गरेको छ । यसले योग्य ठहरेका आप्रवासीलाई एक वर्षसम्म कानुनी बसोबास र काम गर्ने अनुमति दिने छ । यस योजना अन्तर्गत आवेदन दिने व्यक्तिले केही मुख्य शर्त पूरा गर्नु पर्ने छ । उहाँहरुले २०२५ डिसेम्बर ३१ भन्दा पहिले स्पेनमा प्रवेश गरेको र कम्तीमा पाँच महिना बसेको प्रमाण देखाउनु पर्ने छ । साथै उनीहरूले कुनै आपराधिक रेकर्ड नहुँदाको प्रमाण दिनु पर्ने छ । सरकारको योजना अनुसार योग्य व्यक्ति अप्रिलदेखि जुनको अन्त्यसम्म आवेदन दिन सक्ने छन् र आवेदन प्रक्रिया सहज, छिटो र प्रभावकारी बनाउने तयारी गरिएको छ ।

स्पेनले यो कदम युरोपमा आप्रवासन नीतिमा कडाइ भइरहेका बेला अघि बढाएको छ । प्रधानमन्त्री र मन्त्रीले यसलाई आप्रवासीको योगदानलाई मान्यता दिने र मानव अधिकारको सम्मान गर्ने कदम भएको बताएका छन् । अधिकारकर्मी र नागरिक समाजका संघले यसलाई स्वागत गरेका छन्, किनभने यसले अवैध रूपमा बसिरहेका मानिसलाई सामाजिक सुरक्षा र रोजगारीमा समान अवसर दिने छ । तर, यस निर्णयप्रति आलोचना पनि आएको छ । केही कन्जर्भेटिभ पक्षले यसलाई देशको सुरक्षा र रोजगारीमा असर पार्ने जोखिम भएको बताउँदै प्रश्न उठाएका छन् । यसरी, स्पेनको यो योजना देशभित्र सामाजिक समावेशीकरण, मानव अधिकारको संरक्षण र आप्रवासीको योगदानलाई मान्यता दिने महत्वपूर्ण कदमको रूपमा हेरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

छथरमा जातीय–सांस्कृतिक सहअस्तित्व र साहित्यमा केन्द्रित प्राज्ञिक गोष्ठी

काठमाडौं । तेह्रथुम – छथर गाउँपालिकामा जातीय, सांस्कृतिक विविधता र साहित्यिक–सामाजिक सहअस्तित्वका विषयमा प्राज्ञिक...

राष्ट्रपति पौडेलसँग ब्रिटिश गोर्खा सेनाको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले...

सुनसरी–४ का मतदाताले उम्मेदवारसँग मागे बाढी नियन्त्रण र पूर्वाधार सुधार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं...

कास्की–२ कांग्रेस उम्मेदवार बास्तोलाको हात फ्र्याक्चर, चुनावी अभियानमा चोट

काठमाडौं । नेपाली कांग्रेसका कास्की–२ का उम्मेदवार माधवप्रसाद बास्तोला निर्वाचन अभियानका क्रममा घाइते हुनुभएको...