विमानस्थलमा जमेको हिउँ पन्छाएपछि हवाई सेवा सुचारु

Published on

काठमाडौं । दुई हजार ९४५ मिटर उचाईमा रहेको सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाउने कार्य सम्पन्न भएको छ । मङ्गलबार रातिदेखि बुधबार दिउँसोसम्म परेको हिउँले विमानस्थलमा करिब एक फिटसम्म जम्दा हवाई सेवा अवरुद्ध भएको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, विमानस्थलका कर्मचारी र निजी विमान कम्पनीका कर्मचारीहरू मिलेर हिउँ पन्छाउने काम गरेका थिए । नागरिक उड्डयन प्राधिकरणको शाखा कार्यालय सिमकोटका प्रमुख महेन्द्रबहादुर शाहीका अनुसार, बेल्चा र हिउँ पन्छाउने मेसिनको सहयोगमा करिब ६० जना सुरक्षाकर्मी र कर्मचारीहरूले दस घण्टासम्म काम गरेर जमेको हिउँ सफा गरेका थिए । हिउँ पन्छाएपछि नेपालगन्जबाट सिमकोटका लागि सीता एयरको जहाजले उडान भरेको छ । यसबाट दुई दिनदेखि नेपालगन्ज र सिमकोटमा रोकिएका यात्रुहरूलाई सहजता मिलेको छ ।

हिमपातले एसइई परीक्षार्थीलाई सास्ती
पाँच दिनको अन्तरालमा दुई पटक हिमपात भएपछि यसपटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी गरिरहेका परीक्षार्थीहरूलाई चिसोका कारण समस्या भोग्नुपरेको छ । सिमकोटको बाल मन्दिर माध्यमिक विद्यालयमा कक्षा सञ्चालन गर्दै आउनुभएका शिक्षक धिरज रोकायाले चिसो बढ्दा विद्यार्थी र शिक्षक दुवैलाई पढ्न कठिन भएको बताउनुभयो । यसकारण विद्यार्थीहरू न्यानो कपडा लगाएर कक्षामा सहभागी भइरहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...