टी–२० रनिङ कप क्रिकेट उपाधि गल्याङको पोल्टामा

Published on

काठमाडौं । प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटको उपाधि गल्याङ नगरपालिकाले जितेको छ । खुमा फाउन्डेसलने आयोजना गरेको प्रतियोगितामा गल्याङले वालिङ नगरपालिकालाई १० विकेटले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । वर्षाका कारण सात ओभरमा झारिएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको वालिङले निर्धारित ओभरमा ३९ रन बनाएको थियो । वालिङबाट सुजन गौतमले १० रन बनाए पनि अरूले दोहोरो अङ्क बनाउन सकेनन् भने गल्याङबाट तुलसीहरि भण्डारी र इसान पाण्डेले दुई दुई विकेट लिनुभयो । 

४० रनको लक्ष्य पाएको गल्याङले ३.१ ओभरमा कुनै विकेट नगुगाई लक्ष्य भेटाएको हो । गल्याङबाट दीपकप्रसाद पाण्डेले २३ र इसान पाण्डेले १३ रन बनाउनुभएको थियो । यहाँ एनपिएलका सन्दिप क्षेत्री, राष्ट्रिय खेलाडी इसान पाण्डे, दिपक प्रसाद डुम्रे, विपीन खत्री जस्ता खेलाडीले भरिएको टिम गल्याङले जित निकालेको हो । उपाधि जितेको गल्याङले सुन र हिरा जडित रनिङ सिल्ड, दुई लाख रुपियाँ, कप, मेडल र प्रमाणपत्र हात पारेको छ ।

उपविजेतमा वालिङले एक लाख ५० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गरेको हो । तेस्रो भएको चापाकोटले एक लाख र सान्त्वना हरिनासले ५० हजार रुपियाँ पायो । माघ २ गतेबाट सुरु भएको प्रतियोगिता ११ पालिकाको सहभागिता रहेको थियो ।  गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...