टी–२० रनिङ कप क्रिकेट उपाधि गल्याङको पोल्टामा

Published on

काठमाडौं । प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटको उपाधि गल्याङ नगरपालिकाले जितेको छ । खुमा फाउन्डेसलने आयोजना गरेको प्रतियोगितामा गल्याङले वालिङ नगरपालिकालाई १० विकेटले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । वर्षाका कारण सात ओभरमा झारिएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको वालिङले निर्धारित ओभरमा ३९ रन बनाएको थियो । वालिङबाट सुजन गौतमले १० रन बनाए पनि अरूले दोहोरो अङ्क बनाउन सकेनन् भने गल्याङबाट तुलसीहरि भण्डारी र इसान पाण्डेले दुई दुई विकेट लिनुभयो । 

४० रनको लक्ष्य पाएको गल्याङले ३.१ ओभरमा कुनै विकेट नगुगाई लक्ष्य भेटाएको हो । गल्याङबाट दीपकप्रसाद पाण्डेले २३ र इसान पाण्डेले १३ रन बनाउनुभएको थियो । यहाँ एनपिएलका सन्दिप क्षेत्री, राष्ट्रिय खेलाडी इसान पाण्डे, दिपक प्रसाद डुम्रे, विपीन खत्री जस्ता खेलाडीले भरिएको टिम गल्याङले जित निकालेको हो । उपाधि जितेको गल्याङले सुन र हिरा जडित रनिङ सिल्ड, दुई लाख रुपियाँ, कप, मेडल र प्रमाणपत्र हात पारेको छ ।

उपविजेतमा वालिङले एक लाख ५० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गरेको हो । तेस्रो भएको चापाकोटले एक लाख र सान्त्वना हरिनासले ५० हजार रुपियाँ पायो । माघ २ गतेबाट सुरु भएको प्रतियोगिता ११ पालिकाको सहभागिता रहेको थियो ।  गोरखापत्र

spot_img

ताजा समाचार

केन्जोको प्रतिमा निर्माण

काठमाडौं । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पदमचाल (केन्जो) फुलको प्रतिमा निर्माण गरेको छ । हिमाली...

जापानमा ताकाइचीको ठूलो जितको अपेक्षा

काठमाडौं । जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो दललाई महत्त्वाकांक्षी रूढीवादी राजनीतिक एजेन्डा अघि बढाउन...

फागुन ३ देखि म्याग्दीमा मतदाता शिक्षा अभियान

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी म्याग्दीमा मतदाता...

टी–२० विश्वकप : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै इङ्ल्यान्ड

काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले अहिले दुई पटकको...