सहिद दिवसमा चक्रपथ परिक्रमा

Published on

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको छ । २७ किलोमिटर (१७ माइल) लम्बाइ रहेको चक्रपथको दूरी पार गर्न करिब ६ घण्टा समय लागेको पैदलयात्रीहरुको भनाइ छ ।पैदलयात्री सुरथ पोखरेलका अनुसार विहान ६ः३० बजे सुरुभएको चक्रपथ पैदलयात्रा अपरान्ह १ बजे पूरा भएको थियो । कलंकी चोकबाट सुरुभएको पैदलयात्रा स्वयम्भु, बालाजु, महाराजगञ्ज, गौसला, तीनकुने, कोटोश्वर, ग्वार्को, सातदोबाटो, एकान्तकुना, धोवीघाट, बल्खु हुँदै कलंकी चोकको यात्रा पूरा भएको उहाँले बताउनुभयो । पोखरेलको साथमा कलंकी निवासी स्थानीय समाजसेवी विष्णु सापकोटा र लक्ष्मीनारायण श्रेष्ठ रहनुभएको थियो । 

अरुबेला गाडीमा चक्रपथको परिक्रमा प्रायः धेरैले गर्ने भए पनि पैदलयात्रा गरेर चक्रपथको यात्रा पूरा गर्नेहरु निकै कम रहेको पैदलयात्री पोखरेलले बताउनुभयो । उहाँका अनुसार सहिद दिवसको विशेष अवसरमा सहिदहरुको स्मृतिमा चक्रपथको परिक्रमा गरिएको हो । पोखरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको उपसचिव र गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्य हुनुहुन्छ । बाँकी दुई जना पैदलयात्री स्थानीय समाजसेवी हुनुहुन्छ । विहान चक्रपथको पैदलयात्र गर्न रमाइलो अनुभुति भएको पैदलयात्री श्रेष्ठले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...

उद्योग वाणिज्य संघद्वारा उपमहानगरलाई २५ वटा आगो निभाउने फायर स्ट्रिगुसर हस्तान्तरण

काठमाडौं । पछिल्लो समयमा नेपालगन्जका विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानमा आगलागिका घट्नाहरु बढ्दै जाँदा...