सप्तरी कारागारबाट लागु औषध र मोबाइल बरामद

Published on

काठमाडौं । सप्तरी कारागार कार्यालय राजविराजमा चेकजाँचका क्रममा प्रतिबन्धित लागु औषध र मोबाइल फेला परेको छ । राजविराज नगरपालिका ६ स्थित मा रहेको कारागार कार्यालयको ‘ए’ ब्लकमा रहेका कैदीहरूको मङ्गलबार चेकजाँच गर्ने क्रममा लागु औषध गाँजा र मोबाइल बरामद भएको हो । कारागार कार्यालय सप्तरीका शाखा अधिकृत रूपक मण्डल र प्रहरी नायब निरीक्षक भाग्य नारायण साहको कमान्डमा तथा ‘ए’ ब्लकका चौकीदार मो जोहर अन्सारीको उपस्थितिमा चेकजाँच गरिएको थियो ।

सोही क्रममा कैदी सुमित मण्डल र सुरज राउतको साथबाट लागु औषध र मोबाइल फेला परेपछि नियन्त्रणमा लिइएको कारागार प्रशासनले जनाएको छ । प्राप्त विवरण अनुसार, सप्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा मिति २०८० माघ १३ गतेदेखि दुई वर्ष कैद सजाय भोगिरहेका महादेवा गाउँपालिका २ निवासी ३० वर्षीय सुमित मण्डको साथबाट प्लास्टिकमा लुकाइछिपाइ राखिएको गाँजा  एक खिल्ली तथा एक थान चिलिम बरामद गरिएको छ ।

त्यसैगरी, हातहतियार खरखजना मुद्दामा मिति २०८० पुस ०४ गतेदेखि चार वर्ष कैद सजाय भोगिरहेका राजविराज नगरपालिका ६ निवासी २९ वर्षीय सुरज राउतको साथबाट किप्याड लाभा कम्पनीको सिमसहितको एक थान मोबाइल फोन बरामद गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

बाल संरक्षणदेखि विपद्पछिको सहयोगसम्म, भ्वाइस अफ चिल्ड्रेन–डेनभर विश्वविद्यालय संवाद

काठमाडौं । बाल अधिकार तथा संरक्षणका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था ‘भ्वाइस अफ...

कांग्रेसका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न

काठमाडौं - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत ७३ जिल्लाका ६ हजार १३२ वडामा वडा...

बाढीपहिरोले मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्डमा यातायात अवरुद्ध

काठमाडौं । देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य...

अन्डमानमा विकसित न्यूनचापीय प्रणाली बलियो बन्दै, नेपालमा वर्षाको प्रभावबारे अझै अनिश्चितता

काठमाडौं - अन्डमान सागर तथा आसपासको क्षेत्रमा विकसित न्यूनचापीय प्रणाली बलियो बन्दै गएको छ।...